
१४ औँ कपिलवस्तु महोत्सव :पाँचौ दिनसम्म आई पुग्दा दर्शकको साथ बढ्दै

नवराज बेल्वासे
१४ औँ कपिलवस्तु महोत्सव पाँचौ दिनसम्म आई पुग्दा दर्शकको साथ बढ्दै गएको आयोजक वाणगंगा वेयलफेयर सोसाइटीले जनाएको छ । चौथो दिन भन्दा पाचौँ दिन दर्शकको उपस्थिती बढी रहेको आयोजकले बताएको छ ।
बाणगंगा वेलफेयर सोसाइटीको आयोजनामा चारनम्बरको बुद्ध रङ्गसालामा विहिवारदेखि सुरु भएको महोत्सवको पाँचौ दिन सोमबार पनि दर्शकहरुको बाक्लो उपस्थिती रहेको महोत्सवका निर्देशक बुद्धि बहादुर रोकाहा क्षेत्रीले बताउनुभयो ।
.महोत्सवको चौथो दिन भन्दा पाचौँ दिन अर्थात् आज कारोबर पनि डबलले बढेको पनि उहाँले बताउनुभयो । महोत्सवको पाचौँ दिन दश लाख भन्दा बढीको कारोबार भएको बताइएको छ ।
आज लोक तथा दोहोरी गायक खेम सेञ्चुरी, बालचन्द्र बराल र कोपिला न्यौपाने लगायत स्थानिय कलाकारहरुको विशेष प्रस्तुती रहेको थियो ।
त्यस्तै २६ गते मंगलबार लोक तथा दोहोरी गायक गायिका शान्तीश्री परियार, रचना रिमाल, अलिफ खान र नारायण बिपी परियार लगायत स्थानिय कलाकारहरुको विशेष प्रस्तुती रहने आयोजकले जनाएको छ ।पौष १ गते सम्म चल्ले १४ औँ कपिलवस्तु महोत्सवमा १ लाख दर्शक भित्राउने लक्ष्य राखेकोमा २ करोड भन्दा माथिको कारोबरको लक्ष्य आयोजकले राखेको छ ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया