

१४ औँ कपिलवस्तु महोत्सव :पाँचौ दिनसम्म आई पुग्दा दर्शकको साथ बढ्दै



नवराज बेल्वासे
१४ औँ कपिलवस्तु महोत्सव पाँचौ दिनसम्म आई पुग्दा दर्शकको साथ बढ्दै गएको आयोजक वाणगंगा वेयलफेयर सोसाइटीले जनाएको छ । चौथो दिन भन्दा पाचौँ दिन दर्शकको उपस्थिती बढी रहेको आयोजकले बताएको छ ।
बाणगंगा वेलफेयर सोसाइटीको आयोजनामा चारनम्बरको बुद्ध रङ्गसालामा विहिवारदेखि सुरु भएको महोत्सवको पाँचौ दिन सोमबार पनि दर्शकहरुको बाक्लो उपस्थिती रहेको महोत्सवका निर्देशक बुद्धि बहादुर रोकाहा क्षेत्रीले बताउनुभयो ।
.महोत्सवको चौथो दिन भन्दा पाचौँ दिन अर्थात् आज कारोबर पनि डबलले बढेको पनि उहाँले बताउनुभयो । महोत्सवको पाचौँ दिन दश लाख भन्दा बढीको कारोबार भएको बताइएको छ ।
आज लोक तथा दोहोरी गायक खेम सेञ्चुरी, बालचन्द्र बराल र कोपिला न्यौपाने लगायत स्थानिय कलाकारहरुको विशेष प्रस्तुती रहेको थियो ।
त्यस्तै २६ गते मंगलबार लोक तथा दोहोरी गायक गायिका शान्तीश्री परियार, रचना रिमाल, अलिफ खान र नारायण बिपी परियार लगायत स्थानिय कलाकारहरुको विशेष प्रस्तुती रहने आयोजकले जनाएको छ ।पौष १ गते सम्म चल्ले १४ औँ कपिलवस्तु महोत्सवमा १ लाख दर्शक भित्राउने लक्ष्य राखेकोमा २ करोड भन्दा माथिको कारोबरको लक्ष्य आयोजकले राखेको छ ।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया