

पक्राउ पुर्जीविरुद्ध विप्लव नेतृत्वको नेकपाद्वारा आन्दोलन घोषणा, आज मसाल जुलुस प्रदर्शन गर्ने





बुटवल : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अदालतबाट जारी भएको पक्राउ पुर्जीको विरोधमा आन्दोलन गर्ने घोषणा गरेको छ । मंगलवार एक विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले पक्राउ पुर्जी गरिनु गैरकानूनी, अराजक र विध्वंसात्मक कार्य भएको बताएका छन् ।
त्यसविरुद्ध मंसिर १९ गते मसाल जुलुस प्रदर्शन गर्ने, २० गते न्यायाधीशको पुत्ला जलाउने र २१ गते २ बजे देशव्यापी जनप्रदर्शन गर्ने विप्लवले विज्ञप्तिमार्फत जनाएका छन् । २०७६ सालको एक घटनामा जिल्ला अदालत काठमाडौंले विप्लवविरुद्ध पक्राउ पुर्जी जारी गरेको सूचना सोमवार गोरखापत्रमा प्रकाशित भएको थियो ।
काठमाडौं जिल्ला अदालतले सरकारले दर्ता गरेको राज्यविरूद्धको कसुरका दुई मुद्दामा चार नेताहरूविरूद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको थियो ।
अदालतले सोमबार गोरखापत्रमा प्रकाशन गरेको सूचनामा नेकपाका महासचिव विप्लव, पोलिटब्यूरो सदस्य खड्गबहादुर विश्वकर्मा, माइला लामा, अखिल नेपाल किसान महासंघका अध्यक्ष राजु कार्कीको नाममा अदालतमा उपस्थित हुनका लागि आग्रह गरिएको थियो । त्यस्तै राज्यविरूद्धको कसुरको अर्को मुद्दामा माइला लामा र विप्लवविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
९ असोज २०७६ मा दर्ता भएको मुद्दामा उनीहरूमाथि संघीय इकाइहरूबीच तथा विभिन्न जातजाति वा सम्प्रदायहरूबीचको सुसम्बन्धमा खलल पारेर राज्यविरूद्धको कसुर गरेको अभियोग छ । अभियोगपत्रमा माइला लामासहित दिपेश राई, खड्गबहादुर विश्वकर्मा, हेमन्त प्रकाश ओली, उदयबहादुर चलाउने, चन्द्रबहादुर खड्का, राजु कार्की, नेत्रविक्रम चन्द, नवीन विष्ट र केदार खतिवडालाई विपक्षी बनाइएको थियो ।
त्यही दिन हरिबहादुर खड्का, नेत्रविक्रम चन्द, माइला लामा (भीमढुंगा), माइला लामा (कामपा–९), सुरेन्द्र महर्जनविरूद्धको राजद्रोहको अर्को मुद्दा पनि दर्ता भएको थियो । उनीहरूमाथि संगठित आपराधिक समूहमा आबद्ध भई विष्फोटक पदार्थसम्बन्धी कसुर गरेको आरोप छ । उनीहरू फरार भएको, प्रहरीले अदालतमा उपस्थित गराउन नसकेको भनेपछि इजलासले नै उनीहरूलाई उपस्थित गराउनु भनी ३५ दिने वारेन्ट जारी गर्न आदेश दिएको थियो । १० मंसिरमा इजलासबाट भएको आदेशअनुसार जिल्ला अदालत प्रशासनले गोरखापत्रमा सूचना निकालेको हो ।


खबर सबै
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
हतियारसहितको भिडियो पोस्ट गर्ने दुई पक्राउ
-
नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो











प्रतिक्रिया