

मामाको स्मृतिमा भाट द्वारा विद्यालयमा रङ्गरोगन


अर्घाखाँची
अर्घाखाँची भूमिकास्थान नगरपालिका–३ स्थित श्री शंकर जनसेवा आधारभूत बिधालयमा मामाको स्मृतिमा रङ्ग रोगन कार्य सम्पन्न भएको छ।
भूमिकास्थान नगरपालिका–३ (साविक धारापान ९ ) निवासी स्व. चन्द्र बहादुर बन्जाडेको स्मृतिमा बाणगङ्गा नगरपालिका–४ निवासी माधव भाट क्षेत्रीले मामाको सम्झनामा रंगरोगन गरेका हुन ।
मामाले बाल्यकालमा अफ्ठ्यारो परिस्थितिमा हेरचाह र महत्त्वपूर्ण सहयोग गरेकाले मामाको योगदानको स्मरण गर्दै विद्याको पाठशालामा रंगरोगन गरिदिएको बताए ।
विद्यालयका प्रधानध्यापक शालिकराम खनालले मामाको स्मृतिमा भाटले विद्यालयका लागि गरेको सहयोगले विद्यालय दसैं आए जस्तै भएको बताए । यस अघि सिद्धार्थ आधारभुत बिधालयमा गत वर्ष भाटले रंगरोगका लागि सौजन्य गरेका थिए ।
कपिलवस्तुका विभिन्न सामाजिक संघ संस्थाहरुमा नेतृत्वदायी भुमिमा निर्वाह गरिरहनु भयका सक्रिय सामाजिक ब्यक्तित्व रोटरी क्लब अफ कपिलवस्तु मिड टाउनका पूर्व अध्यक्ष रहेका भाटले सामाजिक क्षेत्रमा विभिन्न सहयोगहरु गदै आएका छन् । भाटले भने हाम्रो सनातन संस्कृतिले सिकाएको कुरा पनि त्यही हो कि जुन कामले सबैको हित गर्छ त्यही नै परोपकार र धर्म हो आफू मामाको सानिध्यतामा हुर्किएकोले मामाको अगाध मायाले भोलीका कर्णधार बस्ने बिधालय चिटिक्क पारी दिन विद्यालयले प्रस्ताव गरेकोले उक्त प्रस्ताव अनुसार विद्यालयमा रंगरोगन गरी दिएको बताए ।


खबर सबै
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ






प्रतिक्रिया