
सासंद अधिकारी भन्छन्, ‘बनगाई–डोहोटे सडक पुरा गर्न सरकारलाई दबाब दिएको छु’

कपिलवस्तु । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा चुनिएका सासंद बलराम अधिकारीले बनगाइ–भलवाड डोहोटे सडक निर्माण पुरा गर्न आफूले सरकारलाई दबाब दिएको दाबी गरेका छन् । उनले शनिबार देखि नेकपा एमालेले सुरु गरेको जनता सँग जनप्रतिनिधि विषयक वडा नम्बर ७ मा आयोजित कार्यक्रममा यस्तो भनाई व्यक्त गरेका हुन ।
हाल यो सडकको दुरावस्था छ । यही सडक भएर वडा नम्बर ७ मा पुगेका सासंद अधिकारीले वडाका जनतासँग आफूले यो सडक बनाउन सरकारलाई दबाब दिइरहेको र यो आफ्नो अभियान समेत रहेको सुनाए ।
दशकौँ पुरानो सडक भए पनि बनगाईमा दुई सय मिटर र भलवाडमा ४ किलोमिटर बाहेक अन्य क्षेत्र सडक कालोपत्र हुन पाएको छैन । सडकभरी ठूला ठूला खाडल बनेका छन् । वर्षामा हिलाम्य र हिउँदमा धुलाम्य हुने यो सडकमाथि वर्षाै देखि राजनिति भइरहेको छ ।
तर सासंद अधिकारीले आफ्नो पहल नै सडक बनाउने भएको भन्न भ्याए । हाल वर्षाको पानीका कारण बनगाई मोतिपुर खण्डमा ठूला ठूला पोखरी बनेका छन् । यहाँका जनप्रनिधिहरु यो सडक मर्मत र स्तरोन्नतीमा चासो दिदैनन् ।
अहिले नेकपा एमाले बाणगंगाले एक महिने जनतासँग जनप्रतिनिधि अभियान भन्दै एमाले बाट निर्वाचित यहाँका जनप्रतिनिधिहरुलाई वडा वडा र टोल टोलमा जनताका गुनास सुन्न भन्दै अभियान चलाएको छ ।
बाणगंगा नगरपालिकामा शनिबार वडा नं. ७ मोतीपुरबाट यो अभियान सुरु भएको छ । प्रतिनिधीसभा सांसद बलराम अधिकारीले बनगाई,भलवाड डोहोटे हुदै अर्घाखांची जोड्ने सडक निमार्ण पुरा गर्नका लागि आफुले संघिय सरकार र प्रदेश सरकारसंग दबाब मुलक अभियान चलाएको सोही कार्यक्रममा बताएका हुन ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया