
नेपालगन्जमा दिनभर निषेधाज्ञा, राति कर्फ्यु

नेपालगन्ज — नेपालगन्जमा शुक्रबार राति ८ बजेदेखि शनिबार बिहान ६ बजे सम्म कर्फ्यु यथावत रहने प्रशासनले जनाएको छ ।
शुक्रबार बिहान ६ बजेदेखि साँझ ८ बजे सम्मका लागि कर्फ्यु हटाइएको छ । कर्फ्यु हटाइए पनि निषेधाज्ञा जारी रहनेछ । सो अवधीमा कुनै पनि र्याली, सभा, सम्मेलन गर्न र भीड जम्मा गर्न नपाइने प्रशासनले जनाएको छ ।
बिहीबार बिहान ८ बजे सुरक्षा समितिको बैठकले बिहीबार राति ८ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म कर्फ्यु कायम गरेको थियो । कर्फ्युलाई विस्तारै खुकुलो बनाउँदै हटाउन सर्वदलीय सर्वपक्षीय बैठकले सुरक्षा समितिलाई अनुरोध गरिसकेको छ ।
नेपालगन्जका चोकचोकमा प्रहरी तैनाथ छन् । गत मंगलबार दिउँसो १ बजेदेखि यहाँ कर्फ्यु लगाइएको हो ।सामाजिक सञ्जालमा लेखिएको स्टाटसका कारण दुई समुदायबीच तनावपूर्ण अवस्था सिर्जना भएको थियो ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया