

नेपालगन्जमा दिनभर निषेधाज्ञा, राति कर्फ्यु



नेपालगन्ज — नेपालगन्जमा शुक्रबार राति ८ बजेदेखि शनिबार बिहान ६ बजे सम्म कर्फ्यु यथावत रहने प्रशासनले जनाएको छ ।
शुक्रबार बिहान ६ बजेदेखि साँझ ८ बजे सम्मका लागि कर्फ्यु हटाइएको छ । कर्फ्यु हटाइए पनि निषेधाज्ञा जारी रहनेछ । सो अवधीमा कुनै पनि र्याली, सभा, सम्मेलन गर्न र भीड जम्मा गर्न नपाइने प्रशासनले जनाएको छ ।
बिहीबार बिहान ८ बजे सुरक्षा समितिको बैठकले बिहीबार राति ८ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म कर्फ्यु कायम गरेको थियो । कर्फ्युलाई विस्तारै खुकुलो बनाउँदै हटाउन सर्वदलीय सर्वपक्षीय बैठकले सुरक्षा समितिलाई अनुरोध गरिसकेको छ ।
नेपालगन्जका चोकचोकमा प्रहरी तैनाथ छन् । गत मंगलबार दिउँसो १ बजेदेखि यहाँ कर्फ्यु लगाइएको हो ।सामाजिक सञ्जालमा लेखिएको स्टाटसका कारण दुई समुदायबीच तनावपूर्ण अवस्था सिर्जना भएको थियो ।


खबर सबै
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति







प्रतिक्रिया