
प्यूठानको एक सहकारी तोडफोड गरी नगद चोरी

प्यूठान । प्युठानको लालीगुराँस सहकारी संस्थामा चोरी भएको छ । सहकारी नै तोडफोड गरि नगद चोरी भएको हो ।
सोमबार जिल्लाको मल्लरानी गाउँपालिका–३ सालठाँटीमा रहेको लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाको कार्यालय तोडफोड गरी नगद १ लाख ६० हजार ४ सय रुपैयाँ चोरी भएको जनाइएको छ ।
भवनको दोस्रो तलाको चेनगेट र चाबी फोरेर चोरी भएको सहकारीका व्यवस्थापक गोविन्द बहादुर अधिकारीले जानकारी दिए। विहान ९ बजेमात्र चोरी भएको खबर आफूले जानकारी पाएको उनले बताए। यो सहकारी चुँजाठाटी क्षेत्रको पहिलो र स्थापित सहकारीको हो।
चोरले कार्यालयका सामानहरूमा समेत क्षति प¥याएका छन्। कार्यालयमा नगद दुई लाख बढी रकम भए पनि कागजातसँगै भएकाले एक लाख रुपैयाँ चोरले नदेखेपछि जोगिएको व्यवस्थापक अधिकारीको भनाइ छ। घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालेको छ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया