

प्यूठानको एक सहकारी तोडफोड गरी नगद चोरी



प्यूठान । प्युठानको लालीगुराँस सहकारी संस्थामा चोरी भएको छ । सहकारी नै तोडफोड गरि नगद चोरी भएको हो ।
सोमबार जिल्लाको मल्लरानी गाउँपालिका–३ सालठाँटीमा रहेको लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाको कार्यालय तोडफोड गरी नगद १ लाख ६० हजार ४ सय रुपैयाँ चोरी भएको जनाइएको छ ।
भवनको दोस्रो तलाको चेनगेट र चाबी फोरेर चोरी भएको सहकारीका व्यवस्थापक गोविन्द बहादुर अधिकारीले जानकारी दिए। विहान ९ बजेमात्र चोरी भएको खबर आफूले जानकारी पाएको उनले बताए। यो सहकारी चुँजाठाटी क्षेत्रको पहिलो र स्थापित सहकारीको हो।
चोरले कार्यालयका सामानहरूमा समेत क्षति प¥याएका छन्। कार्यालयमा नगद दुई लाख बढी रकम भए पनि कागजातसँगै भएकाले एक लाख रुपैयाँ चोरले नदेखेपछि जोगिएको व्यवस्थापक अधिकारीको भनाइ छ। घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालेको छ।


खबर सबै
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति







प्रतिक्रिया