तीन नाल भरूवा बन्दुक बरामद

रूकुम पूर्व । रुकुम पुर्वको भुमे गाउँपालिका–७ भित्रिवनबाट प्रहरीले अवैध भरुवा बन्दुक बरामद गरेको छ । भुमेवनस्थित जंगलको ओढारबाट भरूवा बन्दुक ३ नाल शनिबार दिउँसो प्रहरीले बरामद गरेको जनाएको हो ।

अस्थायी प्रहरी पोष्ट महतबाट खटिएको प्रहरीले गस्ती गर्ने क्रममा ओढारमा लुकाई छिपाई राखेको उक्त बन्दुक फेला पारी बरामद गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया

खबर सबै