

कपिलवस्तुबाट चारजना फरार प्रतिवादीहरु पक्राउ



कपिलवस्तु । कपिलवस्तु प्रहरीले चार जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको हो ।
वडा प्रहरी कार्यालय चन्द्रौटाले लागुऔषध मुद्दामा फरार रहेका शिवराज नगरपालिका ५ बालापुरका गोपी बुढालाई पक्राउ गरेको हो । यसैगरी इलाका प्रहरी कार्यालय बहादुरगन्जले जबरजस्ती करणी मुद्दाका फरार रहेका कृष्णनगर नगरपालिका –८ बहादुरगन्जका राजु यादवलाई पक्राउ गरेको छ ।
वन मुद्दामा फरार प्रतिवादी हरिशचन्द्र थारु र सवारी ज्यान मुद्दामा कैद भुक्तान गर्न बाँकी गोविन्दप्रसाद थारुलाई बाणगंगा नगरपालिका –३ सिउटीबाट पक्राउ परेको जनाएको छ ।
पक्राउ पर्ने चार जनालाई कारवाहीका लागि कपिलवस्तु जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले बताउनुभयो ।


खबर सबै
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
सरकारले मदिरा र चुरोटको कर बढ्यो
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम











प्रतिक्रिया