

सुन बोकेको गाडी एम्वुसमा पारेर लुटपाट : २ चिनिया सहित ४ को मुत्यू


एजेन्सी :
कंगोमा सुन ओसारपसार हुँदै गरेको गाडीमा आक्रमण हुँदा चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दुईजना चिनियाँ नागरिक, एक जना सैकिन र ड्राइभर रहेका छन्।
फिची क्षेत्रमा रहेकव किम्बी नदी नजिकैको उत्खनन क्षेत्रबाट टीएसएम माइनिङको चारवटा गाडीमा सुन किभु प्रान्त लगिँदै थियो। त्यही बेला गुडिरहेको गाडीलाई एमबुसमा पारेर हतियारधारी समूहले आक्रमण गरेको हो।आक्रमणकारीहरुले गाडीमा रहेको सुनका ‘पार्सल्स’हरु चोरी गरेर लगेका छन्।
सो आक्रमणमा परी ३ जना घाइते भएका छन्।आक्रमणकारीहरु फिचीको छिमेकी क्षेत्र मनिएमाबाट रहेको अनुमान गरिएको छ। कंगोको धेरै ‘माइनिङ फर्म’ मा चिनियाँ लगानी रहेको छ।
यो क्षेत्रमा रहेको सुन खानीमा सशस्त्र समूहको निशानामा बारम्बर पर्ने गर्छ। जसकारण यहाँका स्थानीय, चिनियाँ अधिकारी र सशस्त्र समूहबीच समय समयमा विवाद बढ्ने गर्छ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया