

पाल्पाको जोर्तेमा पहिरोले जीप पुर्दा तीन जनाको ज्यान गयो



पाल्पा
पाल्पाको जोर्तेमा पहिरोले जीप पुर्दा तीन जनाको ज्यान गएको छ । अरु ८ जना घाइते भएका छन् । गुल्मीको तम्घासबाट बुटवलका लागि छुटेको लु १ ज ४६०० नम्बरको जीप जोर्तेमा पहिरोमा पुरिएको हो ।
जीपमा रहेका दुई पुरुष र एक महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ। दुर्घटनामा घाइते भएका एक बालकसहित ८ जनालाई उपचारका लागि तानसेन पठाएको छ ।
जीपलाई जोर्तेमा ढुङगासहितको पहिरोले पुरेको हो । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।


खबर सबै
-
बालविवाहमुक्त वडामै १७ वर्षीया किशोरीको सुत्केरी हुने क्रममा मृत्यु
-
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ९ घाइते
-
सिँचाइ कुलोमा मृत फेला परेकी महिलाको खुल्यो पहिचान
-
बाणगंगा नदिमा आएकाे बाढीमा परि एकजना बेपत्ता, एककाे सकुशल उद्वार
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?






प्रतिक्रिया