

तिलोत्तमाकी पुष्पा टण्डन मृत्यु प्रकरण : अनुसन्धानका लागि ४ जना पक्राउ


बुटवल । रुपन्देही तिलोत्तमाकी ३६ वर्षीया पुष्पा टण्डनको मृत्युको अनुसन्धानकालागि प्रहरीले चार जनालाई पक्राउ गरेको छ । घटनाको पाँचौं दिन प्रहरीले पुष्पाका छिमेकी रञ्जित भुसाल र उनकी पत्नी लक्ष्मी पोखरेल भुसालसहित चार जनालाई पक्राउ गरेको हो ।
पुष्पाका आफन्तले उनीहरुविरुद्ध प्रहरीमा आत्महत्या दुरुत्साहन मुद्दामा किटानी जाहेरी दिएका थिए । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले किटानी जाहेरीका आधारमा आवश्यक अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको बताए । पक्राउ परेका अन्य दुई जनाको नाम भने प्रहरीले खुलाएको छैन ।
गुल्मी दरबार गाउँपालिकाकी पुष्पा टण्डन छोरा र छोरीको साथमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ ड्राइभरटोलमा बस्दै आएकी थिइन् ।
२७ साउनमा सालझण्डी नजिकै फायरलाइनमा रुखमा झुण्डिएको अवस्थामा उनको शव भेटिएको थियो । उनका आफन्तले पुष्पा आफैं झुण्डिएको नभई कसैले हत्या गरेको दाबी गर्दै दोषीलाई कारबाहीको माग राखेर आन्दोलन गर्दै आएका छन् ।
पुष्पाका श्रीमान भने वैदेशिक रोजगारीको सिलसिलामा कोरियामा थिए, पुष्पाको मृत्युपछि घर आएका छन् ।
आफन्तहरुका अनुसार छिमेकी रञ्जित भुसालले पुष्पासँग १७ लाख रुपैयाँ सापटी लिएका थिए । सोही रकमका कारण घटना भएको हुन सक्ने उनीहरुको दाबी छ ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया