

अर्घाखाँचीमा चुनढुङगा बोक्ने टिपरमा टाइम कार्ड लागू


अर्घाखाँची । सन्धिखर्क–गोरुसिंगे सडक खण्डको नरपानीदेखि पत्थरकोटसम्म चुनढुङ्गा बोक्ने ट्याक्टर र टिपरमा टाइम कार्ड लागू भएको छ ।
चुनढुंगा बोकेका लोड बोकेका गाडीहरू स्पिडमा हिँड्दा दुर्घटना बढ्ने भएपछि चुनढुङ्गा बोक्ने ट्याक्टर र टिपरमा टाइमकार्ड लागू भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताउनुभयो ।
टाइम कार्ड लागू भएपछि चुनढुंगा बोकेका लोड गाडीहरू नरपानीबाट ४ घण्टामा पत्थरकोट पुग्नु पर्ने भएको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको वार्षिक समीक्षा कार्यक्रममा तीव्र गतिमा गुड्ने हुँदा सवारी असुरक्षा हुने भन्दै दुर्घटना न्यूनीकरण गर्न टाइम कार्ड लागू गरिएको उहाको भनाइ छ ।
आर्थिक वर्ष २०७९÷८० मा जिल्लाभरमा सवारी दुर्घटनामा परि १३ जनाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक रिजालले बताउनुभयो । यस्तै ट्राफिक नियम उल्लंघन गर्ने ६ हजार २ सय १२ सवारी कारबाहीबाट एक वर्षमा ३७ लाख २१ हजार राजस्व उठेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ






प्रतिक्रिया