
शिक्षा ऐनमा केही नक्कली पाएपछि सच्याएर सदनमा पेस गर्दैछाैँ : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डाै
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदबाट शिक्षा ऐन पारित गर्ने क्रममा नक्कली पाएपछि सच्याउन लागेको बताउनुभएको छ ।
शुक्रवार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत मन्त्री बनेको सय दिन पूरा भएको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नक्कली शिक्षा ऐन मन्त्रिपरिषदमा फेला परेपछि त्यसलाई सच्याएर मात्रै संसदमा पेस गर्ने तयारी गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सङ्घीय शिक्षा ऐन बनाउने कुरा लामो समयदेखि थाँती थियो, त्यसलाई अन्तिम रूप दिइँदै छ र मैले अस्तिको दिन मात्रै क्याबिनेटमा शिक्षा ऐनलाई पारित गर्ने सन्दर्भमा त्यसको ओर्जिनल शिक्षा ऐनको ठाउँमा केही डुप्लिकेशन आएको देखेपछि त्यसलाई रोकेर सच्याएर मात्रै सदनमा पेस गर्न भनेर सच्याउने प्रक्रिया शुरु भएको छ ।’
प्रधानमन्त्रीले केही नीतिगत सुधार गरेर नर्सिङ सेवामा देखापरेका चुनौती सामना गर्न सरकार लागिपरेको बताउनुभयो । नेपाली नर्सहरू विदेश पलायन हुने परिस्थितिलाई रोक्न सरकार लागेको उहाँले दाबी गर्नुभयाे ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया