
नेबिसंघका असन्तुष्ट समुहले आज देउवा निवास घेर्ने

काठमाडौं
नेपाल बिद्धाथी संघको असन्तुष्ट नेताहरूले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास घेराऊ गर्ने भएका छन् ।
नेविसंघको हालै मनोनित केन्द्रिय सदस्यहरुमा सक्रिय कार्यकर्ता नपरे पछि असन्तुष्ट समुहले हिजो सानेपास्थित कांग्रेस केन्द्रिय कार्यालय घेराउ तथा नाराबाजी गरेका थिए । तर, उनीहरुलाई सानेपास्थित केन्द्रिय कार्यालय जान नदिए पछि आज पार्टी सभापति देउवाको निवास घेराऊ गर्न लागेका हुन ।
नेविसंघका असन्तुष्ट समुहका बिद्यार्थी नेता योगेन्द्र रावलले हिजो भने, ‘पार्टी कार्यालयमा प्रवेश नै गर्न नदिए पछि त अब कुनै न कुनै नेताको घरमा गएर कमिटि बनाउनुपर्ने हुन्छ, भोलि (बिहिबार) शेरबहादुर दाइको घर घेर्न जान्छौं ।’ उनका अनुसार धुम्बाराहीस्थित देउवा निवासमा असन्तुष्ट बिद्यार्थी नेताहरुले आज घर घेराऊ गरी नेबिसंघ केन्द्रिय समिति सदस्य मनोनयनमा पुर्नबिचार गर्न दबाब दिइनेछ ।
असन्तुष्ट समुहको नेतृत्वको गर्ने बिद्यार्थी नेता प्राध्यापक प्रेम चलाउने माथी हातपात गर्ने नेता हुन् ।
नेबिसंघका अध्यक्ष दुजाङ शेर्पाको सिफारिसमा सभापति देउवाले ७ सय १० जनालाई केन्द्रिय समितिमा मनोनयन गरेका हुन् । उनले गरेको सो मनोयननमा स्वयं रावल पनि अटाएका छैनन् ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया