
राजमो वाणगंगा ६ को भेला सम्पन्न

रिसव आचार्य कपिलवस्तु । राष्ट्रिय जनमोर्चा वाणगंगा नगरपालिका ६ को वडा भेला सम्पन्न भएको छ । इन्द्रबहादुर परियारको अध्यक्षता, रिता पाण्डेको सन्चालन र सिद्धि आचार्यको स्वागत मन्तब्यसहित सम्पन्न भेलामा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष दधिराम आचार्यको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा जिल्ला अध्यक्ष आचार्यले वर्तमान राजनीति अवस्था ,पार्टीको बिचार निति ,पार्टीले खेलेको भुमिका र आगामी कार्यक्रम सहित समसामयिक विषयमा आफ्नो विचार व्यक्त गर्नुभएको राजमोले जनाएको छ ।
कार्यक्रममा अखिल छैठौंका केन्द्रीय सदस्य रिसव आचार्य ले बिद्यार्थी संगठन र पार्टी अभिभावक हरुले खेल्नु पर्ने भुमिकाको विषयमा आफ्नो भनाइ राख्नु भएको थियो ।त्यस्तै अखिल नेपाल शिक्षक संघका केन्द्रीय सदस्य हिमालाल बेलबासेले शिक्षा र राजनीति बिचको विषयमा आफ्नो भनाइ राख्नु भएको थियो ।
भेलाले राम प्रसाद गैरेको अध्यक्षतामा ११ पुर्ण र २ वैकल्पिक सहित १३ सदस्यीय वडा कमिटी चयन गरेको छ । जसको उपाध्यक्षमा रिता पाण्डे ,सचिवमा सेर बहादुर खनाल ,कोषाध्यक्ष सन बहादुर गुरुङ चयन हुनुभएको छ ।त्यस्तै सदस्यहरुमा टामलाल बेलबासे, इन्द्र बहादुर परियार,डेमलाल न्यौपाने ,शंकर चौधरी ,भोसु चौधरी ,इन्द्रा आचार्य ,बल ब.नेपाली र बैकल्पिक सदस्यमा एरिका नेपाली ,मुक्ति पाण्डे चयन हुनुभएको छ।भेलाले ३ सदस्यीय सल्लाहकार पनि चयन गरेको छ जसमा द्रोण आचार्य ,राजु भुषाल,खिम ब. खड्का चयन हुनुभएको छ।
नवनिर्वाचित समितिलाई राजमो जिल्ला उपाध्यक्ष राम प्रसाद बेल्बासेले बधाई तथा शुभकामना मन्तब्य दिनु भएको थियो । भेलाले जिल्ला सम्मेलन , एरिया ,टोल कमिटी विस्तार लगायत को विषयमा महत्त्वपूर्ण निर्णयहरु गरेको छ । राजमो कपिलवस्तुलेभदौ २२ र २३ गते जिल्ला सम्मेलन गर्दै छ । त्यसैको पुर्व सन्ध्यामा वडा नगरका भेला सम्मेलनका कार्यक्रम हरु गर्दै आएको छ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया