अर्घाखाँचीको पाणिनीमा शताब्दी पुरूष पौडेललाई सम्मान

अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिका–६, धातिवाङ्गकै ज्येष्ठ व्यक्तित्व छविलाल पौडेल १०० वर्षमा प्रवेश गरेको सुखद क्षणमा वडा कार्यालय धातिवाङ्गद्वारा शताब्दी नागरिक रूपमा उहाँलाई निवासमा गई सम्मान गरेको छ ।

धातिवाङ्गकै ज्येष्ठ नागरिक छविलाल पौडेलले समाजप्रति पु¥याउनभएको योगदानको उच्च सम्मान गर्दै सु–स्वास्थ्य, दीर्घायुको कामना सहित शताब्दी जन्मोत्सवको शुभकामना व्यक्त गरेको वडा कार्यालयले जनाएको छ ।

शुभकामना तथा सम्मान कार्यक्रममा वडा अध्यक्ष कृष्णप्रसाद पौडेल सहित वडा सदस्य, वडा सचिव, स्वास्थ्य चौकी प्रमुख, स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो ।

उहाँले समाज रूपान्तरणमा देखाएको बाटो अनुसरण गर्दै दिर्घ जिवनको शुभकामना वडा कार्यालयले व्यक्त गरेको छ ।

प्रतिक्रिया

खबर सबै