

कपिलवस्तुमा सिकार खेल्नेक्रममा गोली लाग्दा एक जना घाइते, तीन जना पक्राउ



कपिलवस्तु । कपिलवस्तुको एक सामुदायक वनक्षेत्रमा सिकार खेल्ने क्रममा सिकारलाई हानेको गोली लागेर एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बुद्धभूमि नगरपालिका–१ स्थित कोन्द्रे सामुदायिक वनमा सामूहिक सिकार खेल्ने क्रममा स्थानीय प्रदेशी थारुलाई गोली लागेको जानकारी दिनुभयो । शुक्रबार राति २ बजे स्याललाई लक्षित गरी हानिएको गोली प्रदेशीलाई लागेको थियो ।
गोली लागेका सिकारीको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ । घटनामा संलग्न स्थानीय दुखीराम थारु, बाबुराम थारु र घटना लुकाउन खोज्ने जुरपानी सामुदायिक वनका अध्यक्ष पिङ्गल थारुलाई प्रहरीले ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दायर गरेको छ ।
घटनास्थल पहिचान गरी अनुसन्धान गर्ने क्रममा प्रहरीले दुई नाल लोड गरिएको भरुवा बन्दुक र थप एक नाल भरुवा बन्दुक बरामद गरेको छ । घटनामा संलग्न थप मानिसको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
सरकारले मदिरा र चुरोटको कर बढ्यो
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम











प्रतिक्रिया