निर्वाचनको खर्च विवरण नबुझाउने २४ सय उम्मेदवारलाई आयोगले तोक्यो जरिवाना

काठमाडौं । निर्वाचन अयोगले निर्वाचन खर्च विवरण नबुझाउने उमेदवारहरूलाई कारबाही गरेको छ ।

खर्च विवरण नबुझाउने प्रतिनिधिसभाका १०३७ र प्रदेशसभातर्फका १३९८ गरी २४३५ उमेदवारलाई जनही १५ हजार रुपैयाँ जरिवाना तोक्ने निर्णय गरिएको आयोगले जनाएको छ ।

खर्च विवरण नबुझाउने सबै भन्दा धेरै उम्मेदवार प्रतिनिधि सभा र प्रदेश सभातर्फ स्वतन्त्र उम्मेदवार छन् भने त्यसपछि राप्रपाका उम्मेदवार रहेका छन् ।

आयोगले यो सूचना प्रकाशित भएको ३५ दिन भित्र राजश्व बुझयेर भौचर सहितको निवेदन आयोगमा बुझाउन साथै खर्च विवरण सात दिन भित्र सर्वजनिक गरेर सम्बन्धित निर्वाचन कार्यालयमा सात दिनभित्र पेश गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया

खबर सबै