

कालिगण्डकीमा माछा मार्दा डुबेर एक युवकको मृत्यु


पाल्पा । पाल्पामा माछा मार्ने जालमा फसेर पानीमा डुब्दा एक जनाको मृत्यु भएको छ। कालिगण्डकी नदीमा माछा मार्न गएका एक पुरूष जालमा फसेर डुब्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी निरीक्षक भुपेन्द्र थापाले जानकारी दिए।
मृतक रम्भा गाउँपालिका(२ रानीबास घर भई वडा नम्बर १ छापमा बस्ने २६ वर्षीय कोपिल पाँडे मगर छन्।
उनी घरदेखि १ किलोमिटर टाढा रहेको कालिगण्डकी नदीमा शुक्रबार माछा मार्न गएका थिए। माछा मार्न प्रयोग हुने जालमा फसेर उनी पानीमा डुबेका थिए। पानीमा डुबेर मृत्यु भएको प्रहरी निरीक्षक थापाले बताए।
उनको शव पोष्टमर्टमको लागि रामपुर अस्पतालमा पठाइएको छ।


खबर सबै
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने
-
लायन्स क्लव अफ कपिलवस्तुद्धारा ‘लायन्स पार्क’ सरसफाई
-
भारतसँगको खुला बोर्डरले समस्या : गृहमन्त्री गुरुङ






प्रतिक्रिया