
पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियार पक्राउ

काठमाडौं । ठगी आरोपमा पूर्व सांसद समेत रहेका पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन् ।
जिल्ला अदालत बाँकेले जारी गरेको पक्राउ पुर्जीका आधारमा रौनियार काठमाडौंबाट पक्राउ परेका हुन् ।काठमाडौं प्रहरी परिसरका एसएसपी दानबहादुर कार्कीले रौनियार पक्राउ परेको जानकारी दिए ।१ करोड ६५ लाख ठगी गरेको भन्दै उनीविरुद्ध जिल्ला अदालतमा मुद्दा परेको थियो ।
क्रसर तथा निर्माणसम्बन्धी सामग्रीको रकम नतिरेको भन्दै रौनियारविरुद्ध ठगी मुद्दा परेको बाँकेका प्रहरी प्रमुख एसपी सन्तोष सिंह राठौरले जानकारी दिए । पप्पु कन्स्ट्रक्सनले बर्दियामा बनाउँदै गरेको पुल केही समयअघि भत्किएको थियो । पुल बनाउन माग गर्दै कांग्रेस सांसद सञ्जय गौतम अनशन समेत बसेका थिए ।
रौनियार २०७४ मा तत्कालीन संघीय समाजवादी फोरमबाट सांसद बनेका थिए ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया