

बाणगंगाबाट अवैध लागु औषधसहित ३ जना पक्राउ


कपिलवस्तु । कपिलवस्तु प्रहरीले अवैध लागुऔषध सहित तीन जनालाई नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय पिपराले बाणगंगाका बुङ्चिबाट उनीहरुलाई पक्राउ गरेको हो ।
जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ४ दर्खास्त बस्ने २७ वर्षीय इश्वर सेनलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय ६० मिलिग्राम र नगद ४२ हजार २ सय ५० रूपैयाँसहित सोमबार दिउँसो पक्राउ गरेको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक कोशिस बाबु जोशीले बताउनुभयो ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका सेन यस अघि पनि पटक पटक लागु औषध मुद्दामा पक्राउ परेको पनि प्रहरीले जनाएको छ ।
यस्तै सोही घटनामा लागूऔषध खरिद विक्रीमा संलग्न अन्य २ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको जोशीले बताउनु भयो । उनीहरु रुपन्देहीको रुद्रपुरबाट बाणगंगामा आएको अवस्थामा पक्राउ गरिएको हो । पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत कपिलवस्तुबाट म्याद थप गरि अनुसन्धान भर्ईरहेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया