

झाडी सफाई र अग्निरेखाले पनि रोकिएन वन डढेलो


कपिलवस्तु । रुपन्देही, कपिलवस्तु र पाल्पा जिल्लामा पर्ने चुरे क्षेत्रका सामुदायिक, निजी तथा राष्ट्रिय बनमा यति बेला धेरै ठाउँमा डढेलो लागेको छ । सबैभन्दा धेरै पाल्पाका विभिन्न वनहरूमा डढेलो लागेको छ भने त्यस पछि गुल्मीका विभिन्न ठाउँमा पनि आगलागी भएको छ ।
यता कपिलवस्तुमा खडेरीका कारण बन जङ्गलमा आगलागीका घटना बढेको भए पनि उपयुक्त आवश्यक उपकरण नहुँदा आगलागी नियन्त्रणमा भने समस्या देखिएको छ । कतिपय अवस्थामा स्थानीय तहमा रहेका वारुणयन्त्रको प्रयोग गर्ने गरिएको भए पनि सबै स्थानमा उक्त साधनको प्रयोग हुदैन ।
यस्तै हरेक वर्ष वन क्षेत्रमा डढेलो नियन्त्रणका लागि वन उपभोक्ताहरुले झाडि सफाई, अग्निरेखा बनाउने र आगो नियन्त्रणका लागि अनेक उपाय अपनाउने गरेको भए पनि हरेक वर्ष डढेलोका कारण कपिलवस्तुको हजारौँ हेक्टर क्षेत्रफल वन खरानी हुने गरेको छ । जसका कारण वनमा अग्निरेखा बनाउनु र झाडि सफाई गर्नुको कुनै अर्थ नभएको स्थानीयले बताउँछन् ।

कतिपय स्थानमा हावाहुरीसँगै डढेलो लाग्ने र बस्ती भएका क्षेत्रमा पुगेको अवस्थामा आगो निभाउन स्थानीय बासिन्दालाई सकस भएको छ । डढेलो निभाउन स्थानीय बासिन्दाले स्याउला, सोतर प्रयोग गर्दै आएका छन् । केही दिनयता पाल्पा जिल्लाभरका वनमा डढेलो लाग्ने क्रम बढेको छ तर नियन्त्रण ल्याउन समस्या भइरहेको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ ।
यता कपिलवस्तुका सबैजसो सामुदायिक वनहरुले अन्य समयको तुलनामा यतिबेला वन हेरालुको संख्या समेत बढाएका छन् । तर डढेलो रोकिएको छैन । कपिलवस्तुको बाणगंगा नगरपालिका अन्र्तगतका अधिकाशं सामुदायिक वन क्षेत्रमा यतिबेला डढेलो लागेको छ । डढेलो प्रायः चुरे तथा सो आसपासको समथर क्षेत्रमा समेत लागेको छ ।
यसैबीच गुल्मीका विभिन्न ठाउँमा आगलागी भएको छ । गुल्मीको धुर्कोटस्थित हाड हाडेमा लागेको वनको डढेलो बस्तीमा पस्न लागेपछि गाउँलेले निभाउन जाँदा दुई जनाको निधन नै भएको छ ।
यस्तै कपिलवस्तुसहित रुपन्देही, अर्घाखाँची र दाङ जिल्लाका चुरे क्षेत्रका बनमा आगलागी हुने क्रम बढेको छ । लुम्बिनी प्रदेशको वन मन्त्रालयको तथ्याङ्क अनुसार यो वर्ष लुम्बिनी प्रदेशका ९७ स्थानमा आगलागी भएको छ । तर आगो निभाउने उपयुक्त उपकरणको अभावमा स्थानीय तथा प्रहरी प्रशासनलाई आगलागी नियन्त्रण गर्न समस्या भएको छ । यस बाहेक वन कार्यसमितिहरुले विभिन्न संचार माध्यमबाट समेत वन ढडेलो रोकथाम तथा नियन्त्रण सम्बन्धी सूचना सन्देश समेत प्रकाशन र प्रसारण गरिरहेका छन् । तर उक्त कमदको समेत नागरिक स्तरबाट पालना भएको पाइदैन । जसका कराण हरेक वर्ष ठूलो मात्रामा वन क्षेत्र र वन जन्य वस्तुहरुको नोक्सानी हुने गरेको छ ।


खबर सबै
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने
-
लायन्स क्लव अफ कपिलवस्तुद्धारा ‘लायन्स पार्क’ सरसफाई
-
भारतसँगको खुला बोर्डरले समस्या : गृहमन्त्री गुरुङ






प्रतिक्रिया