पाँच किलो सुनसहित दुईजना पक्राउ

बाँके। नेपालगञ्जको न्युरोड क्षेत्रबाट पाँच किलो सुनसहित दुईजना पक्राउ परेका छन् । प्रहरीका अनुसार मोरङ विराटनगरका रमेश सोनी र प्रकाश ठाकुर पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट ४ किलो ९ सय २७ दशमलव २१८ ग्राम सुन बरामद गरिएको प्रहरीको भनाइ छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया

खबर सबै