

अर्घाखाँचीको सन्धिखर्कमा खुल्यो जग्गाको कित्ताकाट


अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा जग्गाको कित्ताकाट खुला गरिएको छ । जग्गाको वर्गीकरणको काम सकिएसँगै जग्गाको कित्ताकाट खुलेको नगरपालिकाले जनाएको हो ।
जग्गाको वर्गीकरणसँगै अब गैरकृषि क्षेत्रमा चार आना र कृषि क्षेत्रमा दुई रोपनी जग्गाको कित्ताकाट गर्न पाइने सन्धिखर्क नगरपालिकाका राजस्व शाखा प्रमुख मुक्तिराम खनालले जानकारी दिए। विगत केही समयदेखि रोकिएको जग्गाको कित्ताकाट अब सन्धिखर्क नगरपालिकामा खुलेको सन्धिखर्क नगरपालिकाका राजस्व शाखा प्रमुख खनालको भनाइ छ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको निर्देशनका साथै भूउपयोग ऐन, २०७६ को दफा ४ तथा भूउपयोग नियमावली, २०७९ को नियम ५, अनुसूची १ मा भएको व्यवस्थाका आधारमा नगरपालिकाले विभिन्न चरण पार गरी पालिका भित्रको जग्गा वर्गीकरण गरेपछि सन्धिखर्क नगरपालिका भित्र जग्गाको कित्ताकाट खुलेको प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए।
निर्णय कार्यान्वयन भएसँगै पालिकाभित्रका जग्गाको कित्ताकाट खुला हुँदा नागरिकलाई राहत भएको नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए। कित्ताकाट नखुलेका कारण घरजग्गा कारोबारको काम रोकिएको थियो। सन्धिखर्क नगरपालिकाले पठाएको जग्गा वर्गीकरणका आधारमा जग्गाको कित्ताकाट सुरु भएको जिल्ला मालपोत कार्यालय अर्घाखाँचीका प्रमुख टीकाराम पौडेलले बताए।


खबर सबै
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ






प्रतिक्रिया