

लुम्बिनीका दुई जिल्लामा सबैभन्दा धेरै एसइई दिने विद्यार्थी





राजेन्द्र खनाल, कपिलवस्तु । यस वर्षको एसइई परीक्षा भोली देखि कपिलवस्तुसहित देशभर सुरु हुँदै छ । त्यसका लागि सबैजसो जिल्लामा परीक्षाको तयारी सकिएको जनाइएको छ ।
लुम्बिनी प्रदेशमा पनि परीक्षा संचालनका लागि आवश्यक सबै तयारी पुरा भएको छ । बिहान ८ बजे देखी सुरु हुने उक्त परीक्षाका लागि लुम्बिनी प्रदेशमा सबैभन्दा बढी रुपन्देहीबाट १८ हजार ७ सय ८३ विद्यार्थी सहभागि हुँदै छन् भने सबैभन्दा कम १ हजार ९८ जनाले परीक्षा दिने भएका छन् ।
लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय शिक्षा तथा सामाजिक विकास निर्देशनालय दाङले दिएको जानकारी अनुसार लुम्बिनी प्रदेशमा नियमित, प्राविधिक र ग्रेड बृद्धी तर्फ गरी जम्मा ८५ हजार ४ सय २४ विद्यार्थीले परीक्षा दिदैँ छन् । निर्देशनालयका सूचना अधिकारी माधव पोख्रेलका अनुसार सबै भन्दा बढी विद्यार्थी रुपन्देहीमा छन भने त्यस पछि दाङमा १३ हजार ४ सय ४८, बाँकेमा ८ हजार ८ सय ८६, कपिलवस्तुमा ८ हजार ६ सय ९९ विद्यार्थी एसइईमा सहभागि हुँदै छन् । यस्तै बर्दियाबाट ७ हजार ६ सय ८२, नवलपरासीबाट ६ हजार ६२, गुल्मीबाट ४ हजार ७ सय २२, पाल्पाबाट ४ हजार ५ सय ४६, प्यूठानबाट ४ हजार १ सय ७२, रोल्पाबाट ४ हजार ४१ र अर्घाखाँचीबाट ३ हजार २ सय ७५ विद्यार्थी परीक्षामा सहभागि हुदै छन् ।
प्रदेशभरका १२ वटै जिल्लाका सबै परीक्षा केन्द्रमा उत्तर पुस्तीका, प्रश्नपत्र र केन्द्राध्यक्षहरु सहित आवश्यक कर्मचारीहरु पुगिसकेका छन् भने परीक्षा केन्द्रहरुको आवश्यक सुरक्षा प्रबन्ध समेत मिलाइ सकिएको छ । कपिलवस्तुमा यशोधरा गाउँपालिका बाहेकका अन्य ९ वटा पालिकामा २९ वटा केन्द्र निर्धारण गरिएको छ ।
प्रदेशभर यस पटक साधारण तर्फ ८० हजार १ सय ६५ जनाले परीक्षा दिदैँ छन् भने प्राविधिक तर्फ २ हजार ९ सय ५७ र ग्रेड बृद्धी तर्फ २ हजार ३ सय २ जनाले परीक्षा दिने निर्देशनालयका सूचना अधिकारी पोख्रेलले जानकारी दिनुभयो । भोली देखि सुरु हुने उक्त परीक्षा चैत्र २९ गते सकिने छ ।
यो पनि पढनुहोस् ।


खबर सबै
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार











प्रतिक्रिया