

लुम्बिनीका दुई जिल्लामा सबैभन्दा धेरै एसइई दिने विद्यार्थी



राजेन्द्र खनाल, कपिलवस्तु । यस वर्षको एसइई परीक्षा भोली देखि कपिलवस्तुसहित देशभर सुरु हुँदै छ । त्यसका लागि सबैजसो जिल्लामा परीक्षाको तयारी सकिएको जनाइएको छ ।
लुम्बिनी प्रदेशमा पनि परीक्षा संचालनका लागि आवश्यक सबै तयारी पुरा भएको छ । बिहान ८ बजे देखी सुरु हुने उक्त परीक्षाका लागि लुम्बिनी प्रदेशमा सबैभन्दा बढी रुपन्देहीबाट १८ हजार ७ सय ८३ विद्यार्थी सहभागि हुँदै छन् भने सबैभन्दा कम १ हजार ९८ जनाले परीक्षा दिने भएका छन् ।
लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय शिक्षा तथा सामाजिक विकास निर्देशनालय दाङले दिएको जानकारी अनुसार लुम्बिनी प्रदेशमा नियमित, प्राविधिक र ग्रेड बृद्धी तर्फ गरी जम्मा ८५ हजार ४ सय २४ विद्यार्थीले परीक्षा दिदैँ छन् । निर्देशनालयका सूचना अधिकारी माधव पोख्रेलका अनुसार सबै भन्दा बढी विद्यार्थी रुपन्देहीमा छन भने त्यस पछि दाङमा १३ हजार ४ सय ४८, बाँकेमा ८ हजार ८ सय ८६, कपिलवस्तुमा ८ हजार ६ सय ९९ विद्यार्थी एसइईमा सहभागि हुँदै छन् । यस्तै बर्दियाबाट ७ हजार ६ सय ८२, नवलपरासीबाट ६ हजार ६२, गुल्मीबाट ४ हजार ७ सय २२, पाल्पाबाट ४ हजार ५ सय ४६, प्यूठानबाट ४ हजार १ सय ७२, रोल्पाबाट ४ हजार ४१ र अर्घाखाँचीबाट ३ हजार २ सय ७५ विद्यार्थी परीक्षामा सहभागि हुदै छन् ।
प्रदेशभरका १२ वटै जिल्लाका सबै परीक्षा केन्द्रमा उत्तर पुस्तीका, प्रश्नपत्र र केन्द्राध्यक्षहरु सहित आवश्यक कर्मचारीहरु पुगिसकेका छन् भने परीक्षा केन्द्रहरुको आवश्यक सुरक्षा प्रबन्ध समेत मिलाइ सकिएको छ । कपिलवस्तुमा यशोधरा गाउँपालिका बाहेकका अन्य ९ वटा पालिकामा २९ वटा केन्द्र निर्धारण गरिएको छ ।
प्रदेशभर यस पटक साधारण तर्फ ८० हजार १ सय ६५ जनाले परीक्षा दिदैँ छन् भने प्राविधिक तर्फ २ हजार ९ सय ५७ र ग्रेड बृद्धी तर्फ २ हजार ३ सय २ जनाले परीक्षा दिने निर्देशनालयका सूचना अधिकारी पोख्रेलले जानकारी दिनुभयो । भोली देखि सुरु हुने उक्त परीक्षा चैत्र २९ गते सकिने छ ।
यो पनि पढनुहोस् ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया