लुम्बिनी प्रदेशबाट ८५ हजारले एसइई दिदैँ

राजेन्द्र खनाल, कपिलवस्तु । यस वर्षको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) चैत्र १७ गतेबाट सुरू हुँदैछ। परीक्षामा देशभरबाट ५ लाख १६ हजार ५९१ जना परीक्षार्थी सहभागी हुँदैछन्। परीक्षाका लागि २ हजार ३६ परीक्षा केन्द्र तोकिएका छन्। परीक्षा चैत्र २९ गतेसम्म चल्नेछ ।

यता लुम्बिनी प्रदेशमा रहेका १२ वटै जिल्लामा गरी यस वर्ष कुल ८५ हजार, ४२५ विद्यार्थीले एसइईको परीक्षा दिने तयारी रहेको छ । लुम्बिनी प्रदेश शिक्षा तथा सामाजिक विकास निर्देशनालयले दिएको जानकारी अनुसार प्रदेशभरबाट यस वर्ष नियमित तर्फ ८० हजार १६५ जना परीक्षामा सहभागि हुदै छन भने प्राविधिक तर्फ २ हजार ९५७ जना विद्यार्थी छन् । यस्तै ग्रेड बृद्धी तर्फ २ हजार ३०२ जनाले परीक्षा दिने तयारी रहेको निर्देशनालयका निर्देशक यम बहादुर के.सीले साझाकुरासँग बताउनुभयो ।

प्रदेशका सबै जिल्लामा परीक्षा केन्द्र निर्धारण गरी परीक्षा संचालनका लागि आवश्यक सबै तयारी समेत करिब अन्तिम चरणमा पुगेको पनि उहाँले बताउनुभयो । परीक्षा संचालनका लागि प्रदेशका १२ वटै जिल्लामा गरी जम्मा ३३४ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षालाई मर्यादित, भयरहित र अनुशासित तवरबाट सम्पन्न गराउनका लागि निर्धारण गरिएका ३३४ वटै परीक्षा केन्द्रहरुमा केन्द्राध्यमक्षहरुको नियुक्ति समेत भएको छ भने नियुक्ति लिएका केन्द्राध्यक्षहरुलाई अभिमुखिकरण समेत गरिएको प्रदेश शिक्षा तथा सामाजिक विकास निर्देशनालयले जनाएको छ ।

यस वर्ष लुम्बिनी प्रदेशभर ३३४ केन्द्राध्यक्ष, ५७७ सहायक केन्द्राध्यक्ष, ४ हजार २७९ निरिक्षक, ८८५ परीक्षा सहायक र १ हजार ७१६ कार्यालय सहयोगी गरी जम्मा ७ हजार ७५१ जनाले एसइई परीक्षा सम्पन्न गराउने प्रत्यक्ष जिम्मेवारी पाएका छन् । यस बाहेक परीक्षा अवधिमा आवश्यक सुरक्षा प्रबन्धका लागि नेपाल प्रहरी र शसस्त्र प्रहरी समेत परिचालन हुने छन् । निर्देशनालयले परीक्षामा सहभागि हुने सबै परीक्षार्थीहरुले बिना डर निर्धक्क भएर परीक्षामा सहभागि हुन समेत आग्रह गरेको छ ।

यसैबीच यता कपिलवस्तु जिल्लाबाट यस वर्ष नियमति, प्राविधि र ग्रेड बृद्धी गरी जम्मा ९ हजार ७ सय ११ विद्यार्थीले एसइई परीक्षा दिदैँ छन् । त्यसका लागि कपिलवस्तुमा २९ वटा परीक्षा केन्द्र निर्धाण गरिएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ शाखा अधिकृत अर्जुन कुवँरले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया