

चोरको बिगबिगी बढेपछि प्यूठानको गौमखी गाउँपालिकामा घुमन्ते व्यापारीलाई प्रवेश निषेध


प्यूठान
प्यूठानमा केही दिनयता चोरको बिगबिगी बढेको छ । पछिल्लो दुई हप्तायता प्यूठान नगरपालिका, तथा गौमुखी र झिमरुक गाउँपालिमा चोरले लाखौँ रुपैयाँ नगद र धनमाल लुटेका छन् ।
शृङ्खलाबद्ध रुपमा चोरी हुँदा पनि प्रहरीले चोरी गर्ने गिरोह पत्ता लगाउन सकेको छैन । चोरले हैरान गरेपछि गौमुखी गाउँपालिकाले घुमन्ते व्यापारीलाई गाउँपालिका प्रवेशमा रोक लगाएको छ ।
आज बसेको कार्यपालिकाको बैठकले कपाल किन्ने, सिडक डस्ना बनाउने, भाँडाकुँडा किनबेच गर्ने, जडिबुटीको कारोबार गर्ने लगायतका व्यापारीलाई गाउँ प्रवेशमा रोक लगाएको अध्यक्ष विष्णु गिरीले उज्यालोलाई जानकारी दिनुभयो ।
व्यापारी भन्दै गाउँ पस्ने र लुट्ने क्रम बढेकाले घुमन्ते व्यापारीलाई प्रवेश निषेध गरिएको र अपरिचित व्यक्तिबाट सचेत रहन स्थानीयलाई आग्रह गरेको उहाँले बताउनुभयो । शंकास्पद गतिविधि देखेमा तुरुन्त गाउँपालिका र प्रहरीमा फोन लगाउन पनि उहाँले आग्रह गर्नुभएको छ । यस्तै गाउँपालिकाले चोर समात्ने व्यक्तिलाई १० हजार रुपैयाँ पुरस्कार दिने पनि घोषणा गरेको छ ।
एक विद्यालयको सीसीटीभी क्यामेराकोसमेत तार काटेर चोरीको प्रयास भएको अध्यक्ष गिरीले बताउनुभयो । पेन्सन बुझेका, बैंक तथा सहकारी संस्थाबाट पैसा झिकेका र आर्थिक कारोबारमा संलग्न भएका घरहरु छानेर चोरी भइरहेको गिरीको भनाइ छ ।
जिल्लाबाट चोर पत्ता लगाउन नसकेपछि केही दिनअघि झिमरुक गाउँपालिकाले गृह मन्त्रीलाई नै पत्र पठाएर चोरी नियन्त्रणमा सहयोग गरिदिन आग्रह गरेको थियो ।



खबर सबै
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ
-
कपिलवस्तुमा ‘पञ्जाबी तड्का’को तीज धमाका, ५ सयदेखि १ हजारमै स्वादिष्ट स्पेशल प्याकेज






प्रतिक्रिया