

राष्ट्रियसभा उपनिर्वाचनका लागि तीन जनाको मनोनयन दर्ता





दाङ । लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य पदका लागि माघ २५ गते हुने उप निर्वाचनका लागि आज मनोनयन दर्ता भएको छ । रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदमा उपनिर्वाचनका लागि आज मनोनयन दर्ताका लागि प्रदेश निर्वाचन कार्यालयले मिति तय गरे अनुसार आज मनोनयन दर्ता गरिएको हो ।
राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेकपा एमालेका कुमार दसौदीले मनोनयन दर्ता गरेका छन्। भने नेपाली कांग्रेसबाट माधव आचार्यले उम्मेद्धारी दिएका छन् । सतारूढ दलको तर्फबाट दशौँदीले मनोनयन दर्ता गरेका हुन्। दसौतीको प्रस्तावकमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेल र समर्थकमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रदेशसभा सदस्य मीनाकुमारी श्रेष्ठ समर्थक रहकी छन्।
यस्तै नेपाली कांग्रेसका तर्फबाट उम्मेद्धारी दिएका आचार्यको प्रतावकमा बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसी र समर्थकमा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी रहेका छन्। माघ २५ गते हुने उपनिर्वाचनमा बुधबार मनोनयनको कार्यतालिका थियो। नेकपा एमालेबाट निर्वाचित खिमलाल भट्टराइले राजीनामा दिएपछि रिक्त रहेको पदमा राष्ट्रियसभा सदस्य चयन गर्न उपनिर्वाचन गर्न थालिएको हो।
नेकपा एमालेबाट उनको मात्रै नाम सिफारिस भएको छ । आज मनोनयन दर्तापछि माघ १२ गते उम्मेदवारको विरोधमा उजुरी दिने र माघ १३ र १४ गते मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरिने प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए । माघ १६ गते उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने तालिका रहेको छ । राष्ट्रिय सभा सदस्य छनोट गर्न प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मतदान गर्नेछन् । लुम्बिनीमा प्रदेशसभा सदस्य र स्थानीय तह प्रमुख, उप्रमुख गरेर जम्मा ३०५ जना मतदाता छन् ।
यसैबीच उता नागरिक उन्मुक्ति पार्टीले लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा मनोनयन दर्ता गरेको छ। सतारुढ दलभित्र रहेपिन नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायले राष्ट्रिय सभा सदस्य पदमा उम्मेदवारी दिएका हुन्। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको उपस्थितिमा रायले उम्मेदवारी दिए।
प्रस्तावकमा प्रदेश सभा सदस्य राजकुमार चौधरी र समर्थकमा अर्का प्रदेश सभा सदस्य धर्मबहादुर चौधरी छन्। नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले सरकारलाई समर्थन रहे पनि आफूहरु गठबन्धन दलभित्र नरहेको बताइन्।
सरकारलाइ विश्वासको मत दिए पनि हामी प्रतिपक्षको वेञ्चमा छौं । हामीले उठाउँदै आएको न्यायको मुद्दा सम्बोधन नहुँदासम्म सरकारलाइ हाम्रो सहयोग रहँदैनझउनले भनिन्,’ आफूले दिएको उम्मेदवारी फिर्ता नलिने समेत उनको दाबी छ ।


खबर सबै
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार











प्रतिक्रिया