
लुम्बिनी प्रदेशमा माओवादीको नेतृत्व हुने पक्का

बुटवल
सत्ता साझेदार दलहरु बीच भएको सहमती अनुसार लुम्बिनी प्रदेशको मुख्यमन्त्री पद नेकपा माओवादी केन्द्रले पाउने भएको छ । केन्द्रमा भएको सहमती अनुसार ७ मध्ये ४ प्रदेश एमाले तथा २ प्रदेश माओवादी केन्द्रसहित १ प्रदेश अन्य दलले नेतृत्व गर्ने मोटामोटी सहमती भएको बताइएको छ । लुम्बिनीमा २९ सांसदसहित सबैभन्दा ठूलो दल भएर पनि तेस्रो स्थानमा रहेको नेकपा माओवादीले नेतृत्व गर्न पाउने सम्भावना देखिएको छ । लुम्बिनीमा माओवादी केन्द्रबाट ९ जना सांसद रहेका छन् ।
प्रदेश सरकारस बाँडफाँडमाका लगि बुधबार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बीचमा यस्तो समझदारी भएको बताइएको छ । मधेश प्रदेशमा भने सरकारको नेतृत्व अन्य दलले आलोपालो गर्ने गरी ओली र दाहालले समझदारी गरेको बताइएको छ । जसअनुसार साढे दुईवर्ष जसपा र अर्को साढे दुई वर्ष जनमत पार्टीले सरकारको नेतृत्व गर्ने छन् ।
स्रोतले दिएको जानकारी अनुसार एमालेले प्रदेश १, बागमती, गण्डकी र कर्णालीको मुख्यमन्त्री लिनेछ । त्यस्तै माओवादी केन्द्रले सुदुरपश्चिम प्रदेश, लुम्बिनी प्रदेशमा मुख्यमन्त्री लिनेछ । यद्यपि यो सहमति भने सार्वजनिक गरिएकको छैन । मौखिकरुपमा दुई नेताबीच यस्तो समझदारी बनेको माओवादी केन्द्रका एक नेताले दावी गरे । प्रदेशका मुख्यमन्त्रीहरू पनि केन्द्रको जस्तै आलोपालो गर्ने विषयमा समझदारी भए पनि त्यसमा भने ठोस निर्णय भएको छैन । एमालेबाट प्रदेश १ मा हिक्मत कार्की, बागमतीमा जगन्नाथ थपलिया, गण्डकीमा खगराज अधिकारी र कर्णालीमा यमलाल कँडेल मुख्यमन्त्रीका लागि तयार छन् ।
माओवादीबाट सुदुरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री बन्नेछन भने लुम्बिनीमा जोखबहादुर महरा मुख्यमन्त्री बन्नेछन् ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया