

युक्रेनलाई लक्षित गरी हानिएको मिसाइल पोल्याण्डमा खस्यो


युक्रेन
युक्रेनलाई लक्षित गरेर प्रहार गरिएको एउटा मिसाइल पोल्याण्डमा खसेको छ । यो घटनामा दुई जना मारिएका छन् ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले प्रहार गरेको मिसाइल पोल्याण्डमा खसेको दाबी गर्नुभएको छ । तर रुसले आफ्नो संलग्नता अस्विकार गरेको छ । रुसी रक्षा मन्त्रालयका अनुसार युक्रेनसँगको पोल्याण्ड सीमा नजिक कुनै मिसाइल आक्रमण गरिएको छैन ।
पोल्याण्डले पनि आफ्नो देशमा मिसाइल खसेको घटनाबारे छानविन गरिरहेको बताएको बीबीसीले जनाएको छ । उत्तर एटलान्टिक सहयोग संगठन नेटोले आफ्नो सदस्य देशमा भएको मिसाइल आक्रमणको घटनालाई गम्भीरतापूर्वक लिएको बताएको छ । नेटोले घटनाको आवश्यक छानविन गर्ने र जवाफ दिने स्पष्ट पारेको छ । रुसले जी–२० सम्मेलनकै क्रममा युक्रेनको राजधानी किएभसहित विभिन्न सहरमा क्षेप्यास्त्र आक्रमण गरेको छ ।


खबर सबै
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा






प्रतिक्रिया