

टी–२० विश्व कपमा आज इङ्ल्यान्ड र श्रीलङ्का खेल्दै





काठमाण्डाै
आईसीसी टी-२० विश्व कप क्रिकेटमा आज इङ्ल्यान्ड र श्रीलङ्का खेल्दैछन् ।
पौने २ बजे सुरु हुने खेल इङ्ल्यान्ड र श्रीलङ्काबीच हुने भए पनि यो खेल इङ्ल्यान्ड र अस्ट्रेलियाको लागि बढी महत्त्वपूर्ण रहेको छ ।
श्रीलङ्का सेमिफाइनलको दौडबाट बाहिरिसकेको छ । इङ्ल्यान्डले जित निकालेमा अस्ट्रेलियालाई पछि पार्दै इङ्ल्यान्ड सेमिफाइनलमा पुग्ने छ भने श्रीलङ्का विजयी भएमा वा खेल बराबरी भएमा अस्ट्रेलिया सेमिफाइनलमा पुग्नेछ ।
समूह १ मा न्युजिल्यान्ड ७ अङ्ककासाथ सेमिफाइनलमा पुग्दा समान ७ अङ्क रहेको अस्ट्रेलियाको भाग्य इङ्ल्यान्ड र श्रीलङ्का बीच हुने आजको खेलमा रहेको छ । इङ्ल्यान्डको ५ अङ्क छ । तर इङ्ल्यान्डको नेट रन रेट अस्ट्रेलियाभन्दा राम्रो छ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया