
नासाको अन्तरिक्ष यानले खिच्यो ‘मुस्कुराइरहेको’ सूर्यको तस्बिर

(एजेन्सी) नासाको एक भूउपग्रहले यो हप्ताको सुरुमा हाँसिरहेको अनुहारजस्तो देखिने सूर्यको तस्बिर खिच्यो । उक्त अमेरिकी अन्तरिक्ष एजेन्सीले त्यस तस्बिरलाई ‘मुस्कुराइरहेको’ सूर्य भनेको छ ।
नासाले बुधबार ट्विटरमा उक्त तस्बिर सार्वजनिक गर्दै लेखेको छः ‘आज नासाको सोलार डाइनामिक्स अब्जर्भेटरीले ‘मुस्कुराउँदै’ गरेको सूर्यको तस्बिर खिच्यो । पराबैंगनी९अल्ट्राभ्वाईलेट० प्रकाशमा देखिएका यी कालो धब्बाहरूलाई कोरोनल होल९प्वाल० भनिन्छ, जुन ती क्षेत्रमा बन्छन् जहाँ तीव्र गतिमा सौर्य आँधी अन्तरिक्षतर्फ बाहिर निस्कन्छन् ।’
नासाको ‘सोलार डाइनामिक्स अब्जर्भेटरी’ सौर्य गतिविधि कसरी सिर्जना हुन्छ र तिनले अन्तरिक्ष मौसमलाई कसरी प्रभावित बनाउँछ भन्ने अनुसन्धान गर्ने अन्तरिक्ष यान हो । सन् २०१० फेब्रुअरी ११ मा पहिलो पटक प्रक्षेपण गरिएको यस पर्यवेक्षक अन्तरिक्ष यानले सूर्यको भित्री भाग, वायुमण्डल, चुम्बकीय क्षेत्र र ऊर्जा उत्पादनको मापन गर्दछ ।
नयाँ सूर्यको तस्बिर सार्वजनिक भएलगतै अनलाइनमा धेरै रमाइला प्रतिक्रियाहरू आइरहेको छ । कयौंले तस्बिरलाई अमेरिकामा लोकप्रिय रहेको पर्व हेलोवीनमा फर्सीलाई खोपेर बनाइने आकार वा हँसिलो सिंह वा बालबालिकाको शो टेलिटुबीजमा देखाइने सूर्यसँग तुलना गरेका छन् ।
एक समाजिक संजाल प्रयोगकर्ताले नासाको सूर्यलाई ‘बीएन मिनी चकलेट बिस्कुट’सँग तुलना गरेका छन् । हसिलो अनुहारजस्तो देखिए पनि विज्ञहरूले सूर्यको यस्तो कोरोनल होलको कारण शनिबार पृथ्वीलाई सौर्य आँधी आउने बताएका छन् । स्पेसवेदर डट कमले यसबारे लेख्दै भनेको छ,‘ यो हंसमुख आकृतिले पृथ्वीतर्फ तीन गुणा बढी सौर्य आँधी पठाउनेछ ।’
सौर्य आँधीहरू सौर्य सतहमा पिण्ड र ऊर्जाको विस्फोटबाट आउने आँधी हो । त्यो पृथ्वीसम्म आइपुग्दा त्यसले यस ग्रहको चुम्बकीय क्षेत्रलाई प्रभावित बनाउँछ । ठूला सौर्य आँधीहरूबाट मुख्यत भूउपग्रहका सिग्नलहरु प्रभावित हुन्छन् । यसले उत्तरी र दक्षिणी गोलार्धहरूमा ध्रुव प्रकाशको सम्पर्कमा आउँदा तिनलाई थप चहकिलो बनाएर आकर्षक ‘अरोरा’ बनाउँछ ।


खबर सबै
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
सीमा सुरक्षा चुस्त बनाउन एआईजी पोखरेल कपिलवस्तुमा, ६ मिनेटभित्र उद्धार टोली परिचालन गर्न आदेश
-
मौसम अपडेट : आज राति भारी वर्षाको सम्भावना
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक






प्रतिक्रिया