

इङ्ग्ल्यान्ड र अस्ट्रेलियाबीचकाे खेल पनि रद्द





काठमाण्डाै
आईसीसी टी–२० विश्व कप क्रिकेट अन्तर्गत इङ्ग्ल्यान्ड र अस्ट्रेलियाबीचकाे खेल रद्द भएकाे छ । मेलबर्न क्रिकेट मैदानमा वर्षा नराेकिएपछि यी दुईबीचकाे खेल रद्द भएकाे हाे ।
खेल रद्द भएसँगै दुवै टाेलीले एक/एक अङ्क बाँडेका छन् । याेसँगै इङ्ग्ल्यान्ड तीन खेलमा तीन अङ्कसहित समूह ‘१’ काे दाेस्राे स्थानमा उक्लिएकाे छ । तीन खेलमा उति नै अङ्क भएकाे अस्ट्रेलिया नेट रनरेटकाे आधारमा चाैथाे स्थानमा छ ।
यसअघि आज बिहान आयरल्यान्ड र अफगानिस्तानको खेल पनि वर्षाका कारण रद्द भएकाे थियाे ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया