

टी-२० विश्वकप : आयरल्याण्डमाथि श्रीलंकाको सानदार जित



काठमाडौं
आइसीसी टी-२० विश्वकप क्रिकेटमा आइतबार भएको पहिलो खेलमा श्रीलंकाले आयरल्याण्डमाथि ९ विकेटको फराकिलो जित हात पारेको छ । आयरल्यान्डले दिएको १२९ रनको लक्ष्य श्रीलंकाले १५ ओभरमा १ विकेट गुमाउँदै पूरा गरेको हो ।
श्रीलंकालाई जिताउन ओपनर कुशल मेन्डिसले नट आउट ६८ रन बनाए । उनले ४३ बलमा ५ चौका र ३ छक्का प्रहार गरेका हुन् ।
अर्का ओपनर धनञ्जय डी सिल्भा ३१ रनमा क्याच आउट भए । तेस्रो क्रमका ब्याटर चरिथ असलंका ३१ रनमा नट आउ रहे । आयरल्याण्डका ग्रेथ डिनालेले एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको आयरल्याण्डले २० ओभरमा ८ विकेट गुमाउँदै १२८ रन बनाएको थियो ।
उसका लागि ह्यारी टेक्टरले सर्वाधिक ४५ रन बनाए । उनले ४२ बलमा २ चौका र एक छक्का प्रहार गरे ।
ओपनर पल स्टर्लिङले ३४ रन बनाए । २५ बल खेल्दै उनले ४ चौका र एक छक्का प्रहार गरे । श्रीलंकाका लागि महेश थाक्सेना र वानिन्डु सिल्भाले सर्वाधिक २ विकेट लिए ।
यो जितसँगै श्रीलंका समूहको दोश्रो स्थानमा उक्लिएको छ । समान २ अंक भए पनि रन रेटका आधारमा न्युजिल्याण्ड पहिलो र इंग्ल्याण्ड तेश्रो स्थानमा छन् । यो समूहमा अफगानिस्तान, आयरल्याण्ड र अष्ट्रेलियाले कुनै अंक जोड् सकेका छैनन् ।


खबर सबै
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो







प्रतिक्रिया