

सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपतिमा निर्वाचित : नयाँ टिम पनि घोषणा

एजेन्सी
सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बन्नुभएको छ । एक दशकदेखि सत्तामा रहेका सीले तेस्रो पटक सत्तामा आएर दशकौँदेखि चल्दै आएको कीर्तिमान तोडेर इतिहास समेत रच्नुभएको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को अधिवेशनमा उहाँ पुनः पार्टीको महासचिवमा निर्वाचित हुनुभयो । अब उहाँ पाँच वर्षसम्म यही पदमा रहनुहुनेछ ।
चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापक माओत्सेतुङको निधनपछि कुनै पनि नेता तेस्रो पटक सत्तामा आउन सकेका थिएनन् । सीले पार्टीको अध्यक्षमा निर्वाचित भएपछि नयाँ स्थायी समिति पनि घोषणा गर्नुभएको छ । आज बसेको पहिलो केन्द्रीय कमिटीको निर्णय सार्वजनिक गर्ने द ग्रेट हल अफ दि पिपुलमा भएको पत्रकार सम्मेलनमा चिनियाँ राष्ट्रपति सीले टोली घोषणा गर्नुभयो ।
केन्द्रीय कमिटीले दोस्रो नेताको रुपमा ली चिआङलाई चयन गरेको छ । ली चीनको नयाँ प्रधानमन्त्री बन्नुहुनेछ । उहाँले ली खछ्याङलाई प्रतिस्थापन गर्नुहुनेछ । पार्टीको नेतामा निर्वाचित भएपछि सीले आफ्नो सम्बोधनमा आफूलाई विश्वास गरेकोमा सबैलाई धन्यवाद व्यक्त गर्नुभएको बीबीसीले उल्लेख गरेको छ । हिजो सम्पन्न पार्टीको २०औँ महाधिवेशनले २ सय ५ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको थियो।


खबर सबै
-
आयरल्याण्डद्वारा भारतविरुद्धको टी- २० सिरिज ऐतिहासिक क्लीन स्वीप
-
लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रमा विहानै देखि वर्षा, धेरै स्थानमा मेघगर्जनसहित वर्षाको प्रक्षेपण
-
आज असार १५ः ‘मानो रोपेर मुरी फलाउने’ दिन, राष्ट्रिय धान दिवस मनाइँदै
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
श्रृङ्गिघाट सामुदायिक वनको प्रभावकारी कदम, वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट







प्रतिक्रिया