

टी–२० विश्व कप : वेस्ट इन्डिजले जिम्बावेलाई हरायाे





काठमाण्डौँ
आईसीसी टी–२० विश्व कपमा वेस्ट इन्डिजले जिम्बावेलाई हराएको छ । होबार्टमा भएको खेलमा वेस्ट इन्डिजले जिम्बावेलाई ३१ रनले हरायो ।
वेस्ट इन्डिजले दिएको एक सय ५४ रनको लक्ष्य पछ्याएको जिम्बावे १८ ओभर २ बलमा एक सय २२ रनमै अलआउट भयो । उसका लुक जोङ्वीले २९ र वेसले माधेभिरेले २७ रन बनाए । बलिङतर्फ वेस्ट इन्डिजका अलजारी जोसेफले चार र जेसन होलडरले तीन विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ५३ रन बनाए । उसका जोनसन चाल्र्सले ४५ र रोभम्यान पोवेलले २८ रन बनाए । बलिङतर्फ जिम्बावेका सिकन्दर राजाले तीन विकेट लिए ।
यो जितसँगै वेस्ट इन्डिज दुई अङ्कसहित तेस्रो स्थानमा उक्लिएको छ । स्कटल्यान्ड शीर्ष स्थानमा रहँदा जिम्बावे दोस्रो र आयरल्यान्ड चौथो स्थानमा छ ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया