

४० लाख बालबालिका गरिबीको रेखामुनी : युनिसेफ





एजेन्सी । युक्रेनमा रुसी हमलापछि उत्पन्न आर्थिक अवस्थाका कारण पूर्वीयुरोप र मध्यएसियाका ४० लाख बालबालिका गरिबीमा धकेलिएका राष्ट्रसंघीय बालकोष युनिसेफले जनाएको छ । ’ युक्रेनमा युद्धका कारण उत्पन्न आर्थिक संकटको सबैभन्दा ठूलो बोझ बालबालिकाले वहन गरिरहेका छन् ।
द्वन्द्व र बढ्दो मुद्रास्फीतिले पूर्वी युरोप र मध्य एसियाका थप ४० लाख बालबालिकालाई गरिबीतर्फ धकेलिएका छन, यो सन् २०२१ यता १९ प्रतिशतले वृद्धि हो । निस्कर्षमा पुग्न युनिसेफले २२ देशका तथ्यांकहरूको अध्ययन गरेको थियो । फेब्रुवरीमा रुसले युक्रेनमा हमला गरेपछि युक्रेनी र रुसी बालबालिका सबैभन्दा बढी प्रभावित छन् ।
पश्चिमी प्रतिबन्धबाट रुसी अर्थतन्त्रमा परेको झट्काले यसको ठूलो जनसंख्यासँगै बाहिरी प्रभाव उत्पादन गर्न सक्छ । ‘युक्रेन गरिबीमा बाँचिरहेका ५ लाख अतिरिक्त बालबालिकाको घर हो’, युनिसेफले भन्यो ।
त्यस्तै युक्रेनपछि रोमानियामा १ लाख १० हजारभन्दा बढी बालबालिका गरिबीको चपेटामा परेको युनिसेफले जनाएको छ । युनिसेफका युरोप र मध्य एसियाका क्षेत्रीय निर्देशक अफसान खानले भने, ‘यस डरलाग्दो युद्धको चपेटामा यस क्षेत्रका बालबालिकाहरू प्रभावित भइरहेका छन् । ’


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया