

स्वीडेनका ‘स्वान्ते पाबो’लाई चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार प्रदान

यस वर्ष अर्थात सन् २०२२ को चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार स्वीडेनका आनुवंशिकविद् स्वान्ते पाबोले पाउनुभएको छ ।
पाबोले विलुप्त पूर्वजहरूबाट आधुनिक समयका मानिसहरू कसरी विकसित भए भन्ने विषयमा गरेको खोजको लागि नोबेल पुरस्कार जितेको छनौट समितिले जनाएको छ । समितिले पाबोले विलुप्त होमिनिन र मानव विकासको जीनोमहरू सम्बन्धी गरेका खोज अकल्पनीय रहेको पनि जनाएको छ ।
जर्मनीको म्याक्स प्लान्क इन्स्टिच्युट फर इभोलुसनरी एन्थ्रोपोलोजीका संस्थापक र ओकिनावा इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजीमा सहायक प्रोफेसरको रूपमा पनि काम गर्ने पाबोले हेर्दा असम्भव देखिने कुरालाई अनुसन्धानबाट पूरा गरेको खबरमा उल्लेख छ ।
भोलि मंगलवार भौतिकशास्त्रतर्फको, पर्सी बुधवार रसायनशास्त्रतर्फ र बिहीवार साहित्यका लागि नोबेल पुरस्कारको घोषणा हुनेछ । यस्तै शुक्रवार नोबेल शान्ति पुरस्कार र आउँदो २४ गते सोमवार अर्थशास्त्रतर्फको पुरस्कार घोषणा हुने खबरमा उल्लेख छ ।
यो पुरस्कार संसारको सबैभन्दा प्रतिष्ठित स्वीडेनको कारोलिन्स्का संस्थानको नोबेल सभाले प्रदान गर्दै आएको छ । नोबेल पुरस्कारको राशी नौ लाख अमेरिकी डलरको रहेको छ ।


खबर सबै
-
आयरल्याण्डद्वारा भारतविरुद्धको टी- २० सिरिज ऐतिहासिक क्लीन स्वीप
-
लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रमा विहानै देखि वर्षा, धेरै स्थानमा मेघगर्जनसहित वर्षाको प्रक्षेपण
-
आज असार १५ः ‘मानो रोपेर मुरी फलाउने’ दिन, राष्ट्रिय धान दिवस मनाइँदै
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
श्रृङ्गिघाट सामुदायिक वनको प्रभावकारी कदम, वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट







प्रतिक्रिया