

अर्घाखाँचीको खाँचीकोटमा कालिका भगवती मन्दिरको उप सभामुख भुसालद्धारा उद्घाटन



अर्घाखाँची । अर्घाखाँचीको खाँचीकोटमा निर्माण गरिएको कालिका भगवती देवीको मन्दिर प्रतिनिधि सभाका उपसभामुख पुष्पा भुसालले उद्घाटन गर्नुभएको छ । आज सोमवार बाजागाजा र कलश यात्राका साथ मन्दिरमा मूर्तिको प्राण प्रतिष्ठा पनि रिएको छ ।
मन्दिर उद्घाटन गर्दै उपसभामुख भुसालले नेपालको इतिहासमा खाँची राज्य, खाँची दरबार र मन्दिरको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले चन्द्रप्रभावती (पृथ्वीनारायण शाहकी जेठी मुमा) यसै राज्यको राजकुमारी भएको बताउँदै उहाँकै शिक्षा र राजकीय रणकौशलबाट नेपाल एकीकरण भएको बताउनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्वमन्त्री चेतनारायण आचार्य, सन्धिखर्क नगरपालिकाका मेयर कृष्णप्रसाद श्रेष्ठ, उपमेयर मिश्रा आचार्य, प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाललगायतले खाँची राज्यको प्रशंसा गरेका थिए ।
चौबीसे राज्यअन्तर्गत रहेको खाँची राज्यमा रहेको कालिका देवी भगवतीको मन्दिर एक करोड ३० हजार रुपैयाँको लगानीमा निर्माण गरिएको हो ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया