

अस्ट्रेलियासँगको दोस्रो टी–२० क्रिकेटमा भारत विजयी

काठमाण्डाै
अस्ट्रेलियासँगको दोस्रो टी–२० क्रिकेटमा भारत विजयी भएको छ । नागपुरमा गएराति भएको खेलमा भारत ६ विकेटले विजयी भएको हो ।
जितसँगै ३ खेलको टी–२० शृङ्खलामा एक/एकको बराबरी भएको छ । वर्षाका कारण मैदान भिजेपछि प्रभावित भएको खेल आठ ओभरमा झारिएको थियो । पाहुना टोली अस्ट्रेलियाले दिएको ९१ रनको लक्ष्य भारतले ७ ओभर २ बलमा ४ विकेट गुमाएर भेट्टायो । भारतका कप्तान रोहित शर्माले अविजित ४६ रन बनाए ।
विराट कोहलीले ११ तथा केएल राहुलले १० रन जोडे । दिनेश कार्तिक १० रनमा अविजित रहे । अस्ट्रेलियाका एडम जाम्पाले ३ विकेट लिए । त्यसअघि ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ८ ओभरमा ५ विकेट गुमाएर ९० रन बनाएको थियो ।
अस्ट्रेलियाका म्याथ्यु वेडले २० बलमा अविजित ४३ रन बनाए । कप्तान आरोन फिन्चले ३१ तथा स्टेभन स्मिथले ८ रन बनाए । भारतका लागि अक्षर पटेलले २ तथा जस्प्रित बुमराहले १ विकेट लिए । पहिलो खेलमा अस्ट्रेलियाले भारतलाई ४ विकेटले हराएको थियो । दुई देशबीचको तेस्रो तथा अन्तिम टी–२० खेल भोलि हुनेछ।


खबर सबै
-
आयरल्याण्डद्वारा भारतविरुद्धको टी- २० सिरिज ऐतिहासिक क्लीन स्वीप
-
लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रमा विहानै देखि वर्षा, धेरै स्थानमा मेघगर्जनसहित वर्षाको प्रक्षेपण
-
आज असार १५ः ‘मानो रोपेर मुरी फलाउने’ दिन, राष्ट्रिय धान दिवस मनाइँदै
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
श्रृङ्गिघाट सामुदायिक वनको प्रभावकारी कदम, वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट







प्रतिक्रिया