

भारतीय चर्चिंत कमेडियन राजु श्रीवास्तवको निधन



काठमाडौं : चर्चित हास्य कलाकार राजु श्रीवास्तवको निधन भएको छ । श्रीवास्तवको दिल्ली एम्स अस्पतालमा उपचारको क्रममा बुधवार निधन भएको छ ।
५९ वर्षका श्रीवास्तलाई १० अगस्टमा हृदयाघात भएको थियो । त्यसपछि उनलाई दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको थियो । राजु बलिउड स्टार र राजनीतिज्ञहरूको नक्कलका लागि परिचित छन् । राजुले धेरै टिभी र स्टेज शोमा काम गरिसकेका छन् ।
श्रीवास्तवको जन्म मध्यम वर्गीय परिवारमा भएको थियो । उनले करियरको सुरुका दिनमा ५० रुपैया पाउँथे । तर सफलता पाएपछि उनले एउटा शोको ५–१० लाख रुपैयाँ लिने गर्थे ।
राजु सानैदेखि स्टेज शो गर्थे । यसका अलावा उनले धेरै फिल्ममा स–साना भूमिका पनि गरेका छन् । उनी ‘मैने प्यार किया’, ‘बाजीगर’, ‘बम्बे टु गोवा’, ‘बिग ब्रदर’, ‘मै प्रेम की दीवानी हूँ’ जस्ता धेरै बलिउड फिल्ममा देखिएका छन् । एजेन्सी


खबर सबै
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद







प्रतिक्रिया