

भारतीय चर्चिंत कमेडियन राजु श्रीवास्तवको निधन



काठमाडौं : चर्चित हास्य कलाकार राजु श्रीवास्तवको निधन भएको छ । श्रीवास्तवको दिल्ली एम्स अस्पतालमा उपचारको क्रममा बुधवार निधन भएको छ ।
५९ वर्षका श्रीवास्तलाई १० अगस्टमा हृदयाघात भएको थियो । त्यसपछि उनलाई दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको थियो । राजु बलिउड स्टार र राजनीतिज्ञहरूको नक्कलका लागि परिचित छन् । राजुले धेरै टिभी र स्टेज शोमा काम गरिसकेका छन् ।
श्रीवास्तवको जन्म मध्यम वर्गीय परिवारमा भएको थियो । उनले करियरको सुरुका दिनमा ५० रुपैया पाउँथे । तर सफलता पाएपछि उनले एउटा शोको ५–१० लाख रुपैयाँ लिने गर्थे ।
राजु सानैदेखि स्टेज शो गर्थे । यसका अलावा उनले धेरै फिल्ममा स–साना भूमिका पनि गरेका छन् । उनी ‘मैने प्यार किया’, ‘बाजीगर’, ‘बम्बे टु गोवा’, ‘बिग ब्रदर’, ‘मै प्रेम की दीवानी हूँ’ जस्ता धेरै बलिउड फिल्ममा देखिएका छन् । एजेन्सी


खबर सबै
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित






प्रतिक्रिया