

जापानमा ठूलो आँधीको चेतावनी : २० लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह



एजेन्सी
जापानमा ठूलो आँधीको चेतावनी जारी गरिएको छ । ‘नानमाडोल’ नामक आँधी जापानतर्फ बढेको छ । त्यहाँको मौसम विभागले झण्डै २० लाख मानिसलाई सुरक्षित ठाउँमा सार्न भनेको छ ।
विशेष गरी जापानको कागोशीमा, कुमामोटोट र मियाजाकिका नागरिक जोखिममा पर्ने पूर्वानुमान छ । ती जोखिम क्षेत्र खाली गर्न अपिल गरिएको बीबीसीले जनाएको छ । प्रतिघण्टा २ सय ७० किलोमिटरको दरले आउन सक्ने आँधी कागोशीमा हुँदै जापानको मुख्य टापुसम्म पुग्न सक्ने अनुमान छ । साथै भारी वर्षाको सम्भावना पनि छ ।
आँधीले घरहरु भत्कन सक्ने र वर्षाका कारण बाढी/पहिरो निम्त्याउन सक्ने पूर्वानुमान छ । पहिरो र बाढीको जोखिमबाट बच्न आँधी आउनुअघि नै बासिन्दालाई घरबाहिर निस्कन आग्रह गरिएको छ । जापान एअरलाइन्ससहितका केही उडान आजका लागि रद्द गरिएको छ ।


खबर सबै
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद







प्रतिक्रिया