

भारतको उत्तर प्रदेशमा ठूलो वर्षा : पर्खाल भत्किँदा ९ जनाको ज्यान गयो


एजेन्सी
भारतको उत्तर प्रदेशमा ठूलो पानी परेको छ । विगत केही दिनदेखि लगातार परेको वर्षाले जनधनको क्षति भएको छ ।
लखनउमा पर्खाल भत्किँदा ९ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा तीन जना पुरुष, तीन महिला र तीन जना बालबालिका रहेका छन् । एक जना घाइते भएका छन् । लगातारको वर्षाका कारण कमजोर पर्खाल भत्किएको र त्यसबाट थिचिएर मानवीय क्षति भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
मुख्यमन्त्री योगी आदित्यनाथले मृतकका परिवारलाई चार लाख रुपैयाँ राहतको घोषणा गर्नुभएको छ । भारतको मौसम विज्ञान विभागले उत्तर प्रदेशमा भोलिसम्म नै ठूलो वर्षा हुने जनाएको छ । त्यहाँ स्कुल तथा कलेज बन्द गरिएको छ । जनजीवन प्रभावित भएको छ ।


खबर सबै
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित
-
कपिलवस्तुमा तिन छठ्ठी पर्व मनाइँदै






प्रतिक्रिया