

भारतको उत्तर प्रदेशमा ठूलो वर्षा : पर्खाल भत्किँदा ९ जनाको ज्यान गयो



एजेन्सी
भारतको उत्तर प्रदेशमा ठूलो पानी परेको छ । विगत केही दिनदेखि लगातार परेको वर्षाले जनधनको क्षति भएको छ ।
लखनउमा पर्खाल भत्किँदा ९ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा तीन जना पुरुष, तीन महिला र तीन जना बालबालिका रहेका छन् । एक जना घाइते भएका छन् । लगातारको वर्षाका कारण कमजोर पर्खाल भत्किएको र त्यसबाट थिचिएर मानवीय क्षति भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
मुख्यमन्त्री योगी आदित्यनाथले मृतकका परिवारलाई चार लाख रुपैयाँ राहतको घोषणा गर्नुभएको छ । भारतको मौसम विज्ञान विभागले उत्तर प्रदेशमा भोलिसम्म नै ठूलो वर्षा हुने जनाएको छ । त्यहाँ स्कुल तथा कलेज बन्द गरिएको छ । जनजीवन प्रभावित भएको छ ।


खबर सबै
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो







प्रतिक्रिया