

एसिया कप क्रिकेटको उपाधिका लागि आज पाकिस्तान र श्रीलङ्का खेल्दै





काठमाण्डाै
एसिया कप टी–२० क्रिकेटको उपाधिका लागि आज पाकिस्तान र श्रीलङ्का खेल्दैछन् ।
खेल नेपाली समयअनुसार बेलुका पौने आठ बजे दुबई इन्टरनेशनल मैदानमा सुरु हुनेछ ।
श्रीलङ्का सुपर चारमा अपराजित रहँदै फाइनल पुगेको हो । पाकिस्तान भने सुपर चारमा श्रीलङ्कासँग ५ विकेटले पराजित भएको थियो । पछिल्ला पाँच टी–२० खेलमा श्रीलङ्का ४ र पाकिस्तान एक खेलमा विजयी भएको छ ।
गएको ११ गतेदेखि सुरु भएको प्रतियोगितामा साविक विजेता भारतसहित पाकिस्तान, श्रीलङ्का, अफगानिस्तान, हङकङ र बङ्गलादेश सहभागी थिए । समूह ‘ए’ बाट पाकिस्तान र ‘बी’ बाट श्रीलङ्का शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया