

‘पुष्पा–२’को लागि अल्लु अर्जुनले लिए १२५ करोड पारिश्रमिक


काठमाडौं
‘पुष्पा’को अपार सफलतापछि साउथका सुपरस्टार अल्लु अर्जुन विश्वब्यापी छाएका छन् । बक्स अफिसमा ‘पुष्पा’ ब्लकबस्टर सावित भएसँगै अभिनेता अल्लु अर्जुनको पारिश्रमिकदेखि स्टारडमसम्म भारी बृद्धि (हेभ्वी ग्रोथ) भएको छ । ‘पुष्पा’ फिल्मको लागि थोरै पारिश्रमिक लिएका अल्लु अर्जुनले ‘पुष्पा–२’को लागि १२५ करोड पारिश्रमिक लिएका बताइएको छ ।
मिडिया रिपोर्टका अनुसार पुष्पा–२को लागि अल्लु अर्जुनलाई १२५ करोड पारिश्रमिक दिइएको छ । जानकारी अनुसार यो फिल्मको कुल बजेट ४५० करोड रहेको बताइएको छ । पुष्पा–२ को लागि १२५ करोड पारिश्रमिक लिएसँगै अल्लु अर्जुन तेस्रो हाइयेस्ट पेड इन्डिय अभिनेता बनेका छन् ।
योसँगै पारिश्रमिकको तुलनामा बलिउडका एक्शन किङ अक्षय कुमारलाईसमेत पछि पारेका छन् । त्यसोत, यस अगाडि अभिनेता सलमान खानले आफ्नो आगामी फिल्म ‘किसीकी भाई किसिकी जान’का लागि १२५ करोड पारिश्रमिक लिएका थिए । योसँगै पारिश्रमिक लिने कुरामा अल्लु अर्जुनले सलमान खानसँग बराबरी गरेका छन् ।
अल्लु अर्जुनको आगामी फिल्म ‘पुष्पा–२’ अर्को वर्ष रिलिज हुने बताइएको छ । यो फिल्ममा अल्लु अर्जुनसँगै अभिनेत्री रश्मिका मन्दन्ना पनि मुख्य भूमिकामा देखिदैछन् ।


खबर सबै
-
लुम्बिनी सहित ४ प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
हिमनदी भत्किने जोखिम अझै छ : चीन
-
भोटेकोसी बाढीपछि ५९० विदेशी नागरिक सम्पर्कविहीन, कुन देशका कति ?
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा






प्रतिक्रिया