

‘पुष्पा–२’को लागि अल्लु अर्जुनले लिए १२५ करोड पारिश्रमिक



काठमाडौं
‘पुष्पा’को अपार सफलतापछि साउथका सुपरस्टार अल्लु अर्जुन विश्वब्यापी छाएका छन् । बक्स अफिसमा ‘पुष्पा’ ब्लकबस्टर सावित भएसँगै अभिनेता अल्लु अर्जुनको पारिश्रमिकदेखि स्टारडमसम्म भारी बृद्धि (हेभ्वी ग्रोथ) भएको छ । ‘पुष्पा’ फिल्मको लागि थोरै पारिश्रमिक लिएका अल्लु अर्जुनले ‘पुष्पा–२’को लागि १२५ करोड पारिश्रमिक लिएका बताइएको छ ।
मिडिया रिपोर्टका अनुसार पुष्पा–२को लागि अल्लु अर्जुनलाई १२५ करोड पारिश्रमिक दिइएको छ । जानकारी अनुसार यो फिल्मको कुल बजेट ४५० करोड रहेको बताइएको छ । पुष्पा–२ को लागि १२५ करोड पारिश्रमिक लिएसँगै अल्लु अर्जुन तेस्रो हाइयेस्ट पेड इन्डिय अभिनेता बनेका छन् ।
योसँगै पारिश्रमिकको तुलनामा बलिउडका एक्शन किङ अक्षय कुमारलाईसमेत पछि पारेका छन् । त्यसोत, यस अगाडि अभिनेता सलमान खानले आफ्नो आगामी फिल्म ‘किसीकी भाई किसिकी जान’का लागि १२५ करोड पारिश्रमिक लिएका थिए । योसँगै पारिश्रमिक लिने कुरामा अल्लु अर्जुनले सलमान खानसँग बराबरी गरेका छन् ।
अल्लु अर्जुनको आगामी फिल्म ‘पुष्पा–२’ अर्को वर्ष रिलिज हुने बताइएको छ । यो फिल्ममा अल्लु अर्जुनसँगै अभिनेत्री रश्मिका मन्दन्ना पनि मुख्य भूमिकामा देखिदैछन् ।


खबर सबै
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो







प्रतिक्रिया