

भारतमा ट्रकले बसलाई ठक्कर दिँदा ४ जना नेपालीको ज्यान गयो, २४ जना घाइते



भारतको उत्तर प्रदेशमा ट्रकले बसलाई ठक्कर दिँदा चार जना नेपालीको ज्यान गएको छ । अरू २४ जना घाइते भएका छन् ।
रुपैडिहाबाट गोवातर्फ जाँदै गरेको बसलाई उत्तर प्रदेशको बाराबंकी जिल्लाको महंगुपुर गाउँमा रोकिराखेको बेला ट्रकले ठक्कर दिएको ’द टाइम्स अफ इन्डिया’ ले जनाएको छ । घाइतेहरूको बाराबंकी जिल्ला अस्पताल र लखनउमा रहेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
गोवा जाँदै गरेको बसको टायर पन्चर भएपछि सडक छेउमा रोकेर चालकले टायर परिवर्तन गर्दै गर्दा पछाडिबाट ट्रकले ठक्कर दिएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै ’द टाइम्स अफ इन्डिया’ ले जनाएको छ ।
बसमा झन्डै ६० जना नेपाली मजदुर रहेका थिए । ज्यान गुमाउनेमा बाँकेको राप्ती सोनारी गाउँपालिकाका प्रेम थारु र शीतल थारु तथा दाङको तुलसीपुर उपमहानगरपालिकाका चक्रबहादुर वली रहेका छन् । यो समाचार तयार पार्दा सम्म मृतक एक जनाको परिचय खुलेको छैन ।


खबर सबै
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद







प्रतिक्रिया