

आयरल्यान्डसँगको चौथो टी–२० क्रिकेटमा अफगानिस्तान विजयी : शृङ्खला दुई/दुई को बराबरी



काठमाण्डाै
आयरल्यान्डसँगको चौथो टी–२० क्रिकेटमा अफगानिस्तान विजयी भएको छ । अफगानिस्तान विजयी भएसँगै यी दुई देशबीचको पाँच खेलको टी–२० शृङ्खला २/२ को बराबरी भएको छ ।
बेलफास्टमा गएराति भएको खेलमा अफगानिस्तान २७ रनले विजयी भयो । निरन्तर पानी परेका कारण खेल ११ ओभरमा छोट्याइएको थियो । अफगानिस्तानले दिएको दिएको १ सय ३३ रनको लक्ष्य पछ्याएको घरेलु टोली आयरल्यान्डले ११ ओभरमा अलआउट हुँदै १ सय ५ रन मात्र बनायो । उसका जर्जी ड्याकरोलले अविजित ४१ तथा पउल स्ट्रलिङले २० रन बनाए ।
अफगानिस्तानका फरिद अहमदले ३ तथा नवीन उल हक र रसिद खानले समान २/२ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले ११ ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो । उसका नजिबुल्लाह जाड्रनले ५० रनको अर्धशतकीय पारी खेले ।
आयरल्यान्डका गारिथ डिलेनीले ३ तथा मार्क अडिर, बारी म्याककार्थी र फियो ह्यान्डले समान १/१ विकेट लिए । दुई देशबीचको पाँचौँ तथा निर्णायक खेल बुधवार हुनेछ ।


खबर सबै
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो







प्रतिक्रिया